शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागढुंगा–नौबिसे सडक खण्डको म्याद २४८ दिन थप

नागढुंगा–नौबिसे सडक खण्डको म्याद २४८ दिन थप

नागरिक पाटी

२३, भाद्र २०८१
  • 3.1K
    SHARES
  • नागढुंगा–नौबिसे सडक खण्डको म्याद २४८ दिन थप

    धादिङ । नागढुंगादेखि मुग्लिनसम्मको सडक विस्तार गर्ने काम सुरु भएपछि झनै ट्राफिक जाम र सडक दुर्घटनाको जोखिम बढेको छ । तोकिएको समयमा काम पूरा नगर्ने र म्याद थप गराउने पुरानै चलन यो आयोजनामा पनि लागू भएको छ ।

    images
    images

    त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक खण्डको निर्माण कार्यको जिम्मा पाएको सगुन कन्स्ट्रक्सनले तोकिएको समयमा काम सम्पन्न गर्न नसकेन पछि म्याद थप गरिएको छ। सम्झौताअनुसार नागढुंगा–नौबिसे सडक निर्माण गर्न तोकिएको म्याद २७ जेठ २०८१ मा सकिएको हो । सडक बनाउने काम ५८ प्रतिशतमात्र सकिएपछि सगुन कन्स्ट्रक्सनलाई २४८ दिन अर्थात् २०८१ माघ १० गते तदनुसार १० फेब्रवरी २०२५ सम्म म्याद थप गरिएको परामर्शदाता अस्ट्रेलियाको एसएमई सी इन्टरनेसनल प्रा.लि, पीईसी लिमिटेड र रिपब्लिकन अफ कोरिया इन एसोसिएसन, आईटीईसीओ र टीएम एसका परामर्शदाता राजेन्द्र पौडेलले बताए ।

    निर्माण कम्पनीले निर्माण सामग्री अभाव, स्थानीयको अवरोध, सरकारको तर्फबाट गर्नुपर्ने काम रुख कटान, बिजुली पोल स्थानान्तरण समयमै नभएका कारण म्याद थप गर्न माग गरेकाले सबै किसिमको अध्ययन गरी सडक विभागबाट २४८ दिनको म्याद थप भएको परामर्शदाता पौडेलले बताए ।

    नागढुंगा–नौबिसे सडक खण्डको निर्माण कार्यको जिम्मा लिएको सगुन कन्स्ट्रक्सनका साइट इन्जिनियर ज्ञानेन्द्र महर्जनले आठ महिना अर्थात् २४८ दिन म्याद थप पाएको बताए । अहिले वर्षात् बढी भएकाले खन्ने काम बन्द गरेका छौं । दशै अघि ग्राभेल गर्न सडक खोतल्दैनौं । दशैलगत्तै सडक खोतल्ने, ग्राभेल बिछ्याउने, पेल्ने र पिच गर्ने काम गर्छौं । हाल नौबिसे खोलामा पुल ढलानको पूर्व तयारी भइरहेको साइट इन्जिनियर महर्जनले बताए । निर्माण सामग्री अभाव, घरटहराको मुआब्जा वितरण आदिका कारण निर्माण कार्य ढिलो भएको पौडेलले बताए ।

    निर्माण कम्पनी जिअंसु र सगुन कन्स्ट्रक्सनले संयुक्त रूपमा २०७८ साल चैत २४ गते नागढुंगा–नौबिसे खण्डको १२ दशमलव २६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्ब ३१ करोड ८४ लाख लागतमा दुई वर्षमा सक्नेगरी सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो । निर्माण कम्पनीले तोकिएको काम पूरा नगर्दा सबैभन्दा बढी मर्कामा यात्रु परेका छन् । घण्टौं यात्रा गरेर आएका यात्रु काठमाडौं अस्थायी तथा स्थायी आवास वा सेवा लिन पुग्ने बेलामा ट्राफिक जाममा बस्नु पर्दा सकस हुन गरेको यात्रुहरू बताउँछन् । सडक निर्माणको काम अलपत्र हुँदा ट्राफिक जाममा फस्ने डरले कयौं बिरामीलाई हेलिकप्टर चार्टर गरेर उपचार गराउनु परेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - १३:१५:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology