धादिङको धुनिबेशी ६,धार्केमा रहेको गुड स्टार्ट इङलिस बोर्डिङ स्कुलले राष्ट्रिय बाल दिवस मनाएको छ ।
“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने नाराको साथ राष्ट्रिय बाल दिवसको अवसरमा स्कुलले वि.स २०८० को एसईईमा सहभागी भएका विद्यार्थीहरुलाई सम्मान, बिदाई तथा पुरस्कार वितरण गरेको छ ।

यसै गरी स्कुलले एक वर्ष भरी गरिएका अतिरिक्त क्रियाकलापमा प्रथम, द्धितिय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरेको छ । बाल दिवसका अवसरमा विद्यार्थीहरुले नृत्य, कविता, विभिन्न खेलहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमका धुनिबेशि नगरपालिका ५ का वडा अध्यक्ष विशाल भट्टराई, स्कुल व्यवस्थापन समितिका अध्यक्ष राजु रेग्मी, शिक्षक,विद्यार्थी,अभिभावक लगाएतको सहभागीता रहेको थियो ।