सुनको भाउले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । पछिल्लो केही दिनयता सुनको भाउ निरन्तर बढिरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।