शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती सरकारद्धारा मृतकका परिवारलाई एक लाख दिने निर्णय

बागमती सरकारद्धारा मृतकका परिवारलाई एक लाख दिने निर्णय

नागरिक पाटी

१४, आश्विन २०८१
  • 2.5K
    SHARES
  • बागमती सरकारद्धारा मृतकका परिवारलाई एक लाख दिने निर्णय

    मकवानपुर । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोलगायत विपद्को घटनामा परी मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

    images
    images

    बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।


    प्रवक्ता लामिछानेले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारले विपद्बाट बढी क्षति भएका जिल्लामा गरी दुई करोड ३० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको बताए ।

    उनका अनुसार, विपदबाट बढी क्षति भएको देखिएका काभ्रेपालञ्चोक जिल्लालाई ६० लाख, धादिङ जिल्लालाई ५० लाख, ललितपुर जिल्लालाई ३०, काठमाडौँ जिल्लालाई २०, सिन्धुपाल्चोक जिल्लालाई २० तथा दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र भक्तपुर जिल्लालाई १०र१० लाख रुपैयाँका दरले राहत वितरण गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन कोषमा रकम प्रदान गर्ने निर्णय गरिएको छ ।

    प्रवक्ता लामिछानेले प्रदेश र संघीय राजधानी जोड्ने मार्ग तत्काल खोल्न सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै विपद् प्रभावित क्षेत्रमा तथ्याङ्क सङ्कलन, राहत र उद्धारलाई तीव्र बनाइएको उल्लेख गरे ।

    साथै प्रदेशका १३ वटा जिल्लाका विपत् व्यवस्थापन कोषमा पाँचरपाँच लाख रुपैयाँका दरले प्रदेश विपद् व्यवस्थापन कोषबाट कुल ६५ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - १८:४०:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology