शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज नवरात्रको दोस्रो दिन : माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै

आज नवरात्रको दोस्रो दिन : माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै

नागरिक पाटी

१८, आश्विन २०८१
  • 6.2K
    SHARES
  • आज नवरात्रको दोस्रो दिन : माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै

    काठमाडौँ । आज आश्विन शुक्ल द्वितीया अर्थात् शारदिय नवरात्रको दोस्रो दिन । आज माता ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइदैन । ब्रह्माको अर्थ तपस्या अर्थात् कठोर तप गर्ने भन्ने बुझिन्छ ।

    images
    images

    ज्योतिष दुर्गाप्रसाद भण्डारी भन्छन्, 'देवी ब्रह्मचारिणीले शिरमा अर्थचन्द र नाना प्रकारका आभुषण धारण गर्नु भएको छ भने दाहिनी हातमा जपको माला र बाहाँ हातमा कमण्डलु लिनुभएकोछ । आजकै दिन ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने शास्त्रमा बताइएको छ ।'

    बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ। देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो ।

    जसले गर्दा शरीरको रङ पनि गोरो रहेको विश्वास गरिन्छ । देवी ब्रह्माचारिणीलाई 'दधाना करपद्यमाध्याम् अक्षमालाकमण्डलू । देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।' मन्त्र जप गरी आराधना गर्ने प्रचलन रहेको छ ।

    सेतो कपडा लगाइकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ।

    यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ। कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ। शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापूजाका लागि दुई वर्षसम्मका बालिका योग्य रहेको मानिन्छ।

    यद्यपि, रजस्वला हुनुपूर्वका बालिका पनि कन्यापूजाका लागि योग्य भएको लोकोक्ति छ। ​नवरात्रको पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना गरिएको थियो ।

    आजकै दिन ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य सुख मिल्ने शाष्त्रिय मान्यता रहेको छ । ब्रह्मचारिणीलाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् ।

    ज्योतिष भण्डारीका अनुसार कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई आश्विन शुक्ल द्वितीयाको दिन अर्थात् ब्रह्मचारिणी देवीको पूजाविधि यसप्रकार रहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०८१ शुक्रवार - ०६:०८:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology