शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनको भाउले फेरि नयाँ रेकर्ड तोड्यो

सुनको भाउले फेरि नयाँ रेकर्ड तोड्यो

नागरिकपाटी डेक्स

१८, आश्विन २०८१
  • 4.1K
    SHARES
  • सुनको भाउले फेरि नयाँ रेकर्ड तोड्यो

    सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुन ४ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images

    हिजो सुनको भाउ तोलाको १ लाख ६० हजार ९ सय रुपैयाँ थियो । यसअघि यही असोज ११ गते सुनको भाउ अहिलेसम्मको उच्च तोलाको १ लाख ६१ हजार २ सय रुपैयाँसम्म पुगेको थियो ।

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०८१ शुक्रवार - १६:१०:५९ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology