शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अभिभावक-शिक्षक संघ र शैक्षिक सरोकारवालाको दुईदिने कार्यशाला सम्पन्न

अभिभावक-शिक्षक संघ र शैक्षिक सरोकारवालाको दुईदिने कार्यशाला सम्पन्न

नागरिक पाटी

१०, कार्तिक २०८१
  • 4.8K
    SHARES
  • अभिभावक-शिक्षक संघ र शैक्षिक सरोकारवालाको दुईदिने कार्यशाला सम्पन्न

    बिदाङ धादिङ । विद्यालयमा गुणस्तरीय शिक्षा, बाल अधिकार, र शैक्षिक वातावरण सुधार गर्न अभिभावक-शिक्षक संघ, विद्यालय व्यवस्थापन समिति र विभिन्न शैक्षिक सरोकारवालाबीच सहकार्यलाई सुदृढ पार्ने उद्देश्यले दुईदिने कार्यशाला भएको हो । कार्तिक ६ र ७ गते बेनीघाट रोराङ्ग गाउँपालिका वडा नं. ८ को कालिका माध्यमिक बिद्यालयमा भएको कार्यशालामा ३४ जनाको सहभागी रहेको थियोे ।

    images
    images

    कार्यशालाको सहजीकरण प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले गर्नुभएको थियो। २ दिने कार्यशालामा चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाटरोराङ गाउँपालिकाको समन्वयमा संचालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना कार्यक्रमको सहयोग रहेको थियो।

    कार्यक्रमको उद्घाटन वडा अध्यक्ष राजकुमार श्रेष्ठले गर्नुभएको थियो, जसले विद्यालय र समुदायको बीचमा सहकार्यको महत्त्व र यसले बालबालिकाको शिक्षा र विकासमा पार्ने सकारात्मक प्रभावको बारेमा चर्चा गर्नुभयो। कार्यक्रममा कार्यकारी निर्देशक दामोदर अर्यालले विद्यालय व्यवस्थापनमा सरोकारवालाहरूको भूमिका र उत्तरदायित्वमाथि गहन प्रस्तुति दिनुभयो। उहाँले विद्यालय र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउन, बाल अधिकारलाई प्रोत्साहन गर्न, र शिक्षा क्षेत्र सुधारका लागि पारदर्शिता र उत्तरदायित्वको आवश्यकता रहेकोमा जोड दिनुभयो।

    उहाँले भने “विद्यालय र समुदायको बीचमा एक मजबूत सम्बन्ध स्थापित गर्नु आवश्यक छ, जसले गर्दा बालबालिकाको शैक्षिक विकासमा मद्दत गर्न सक्छ।” अर्यालको सहजिकरणले सहभागीहरूलाई सोच्न र संवाद गर्न प्रेरित गरेको प्रधानाध्यापक इश्वरबाबु रेग्मीलेले बताए । जसले गर्दा विद्यालय सुधारका लागि सामूहिक प्रयासको महत्त्व स्पष्ट भयो। विद्यालयका प्रधानाध्यापक ईश्वर बाबु रेग्मी र परियोजना प्रबन्धक केशव सिग्देलले अभिभावक-शिक्षक संघ र विद्यालय व्यवस्थापन समितिको महत्त्वको बारेमा सहजिकरण गर्नु भएको थियोे ।

    सहभागीहरूले विद्यालय सुधारका लागि विविध कार्ययोजनाहरू निर्माण गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शिक्षण गुणस्तर, बाल अनुकूल वातावरण, र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न अभिभावक र शिक्षकहरू बीचको समन्वयमा ध्यान दिनु पर्ने ,विद्यालय व्यवस्थापन समितिका सदस्यहरूलाई शैक्षिक पारदर्शिता, जवाफदेहिता, र सेवा प्रवाहका लागि जिम्मेवार हुनुपर्ने ,सहभागीहरूमा रहेको विविधता र तिनीहरूको अनुभवले कार्यशालामा समृद्धि ल्यायो, जसले गर्दा सबैले एक अर्काबाट सिक्न र विचार आदानप्रदानले अभिभावक शिक्षक संघ र विद्यालय व्यवस्थापन समिति सहित विद्यालय सुधारका लागि सबै सरोकारवालाहरूको सक्रिय सहभागिता,विद्यालय र समुदायको सहकार्यले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा ठोस योगदान पुर्याउनेमा सरोकारवालाहरुले विश्वास व्यक्त गरेका फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १०, २०८१ शनिवार - १५:३१:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology