शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएर १४ वटा पुर्‍यायो

बाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएर १४ वटा पुर्‍यायो

नागरिक पाटी

२८, कार्तिक २०८१
  • 4.0K
    SHARES
  • बाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएर १४ वटा पुर्‍यायो

    हेटौंडा । भागबन्डा मिलाउनका लागि बाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएर १४ वटा पुर्‍याएको छ ।

    images
    images

    बाग्मती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

    सरकारले विनाविभागीयमन्त्री रहेका मधु कुमार श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि मन्त्रालय विभाजन गरेको हो । बाग्मती प्रदेशमा अब नयाँ मन्त्रालयको रूपमा सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनेको छ ।

    गएको साउन ९ गते मुख्यमन्त्री बहादुरसिंह लामासँगै मन्त्रीको शपथ लिएका नेपाली कांग्रेसका नेता मधु श्रेष्ठलाई एक सय ११ दिनसम्म पनि जिम्मेवारी दिन नसकेको भन्दै आलोचना भए पनि आज मन्त्रालय नै फुटाइएको एक जना मन्त्रीले जानकारी दिएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २८, २०८१ बुधवार - ०५:४१:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology