शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गणेश हिमाल बेस क्याम्पमा १६ जना फसे, खराब मौसमका कारण उद्धारमा समस्या

गणेश हिमाल बेस क्याम्पमा १६ जना फसे, खराब मौसमका कारण उद्धारमा समस्या

नागरिक पाटी

२९, कार्तिक २०८१
  • 2.2K
    SHARES
  • गणेश हिमाल बेस क्याम्पमा १६ जना फसे, खराब मौसमका कारण उद्धारमा समस्या

    धादिङ । गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युट र चिसोका कारण मंगलबारदेखि बिरामी परेर फसेकाहरुको उद्धार हुन सकेको छैन । उद्धारका लागि बुधबार गएको नेपाली सेनाको हेलिकप्टर खराब मौषमका कारण फर्किएको हो ।

    images
    images

    डिभिजन वन कार्यालय धादिङकी रेन्जर अनुसुया ढुंगानाको स्वास्थ्य अवस्था गम्भिर बनेपछि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बुधबार दिउँसो बेस क्याम्प पुगेको थियो । तर पटक पटक ल्याड गर्ने प्रयास गरिएपनि खराब मौसम र संचारको पहुँच नभएका कारण उद्धार गर्न नसकिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।

    मंगलबार साँझदेखि अनुसुयाको स्वास्थ्य अवस्थामा समस्या आएको थियो । नेटवर्कको पहुँच नभएका कारण बुधबार ६ घण्टा हिडेर नेटवर्क आउने ठाउँ पुगी सँगै ट्रेक गएकाहरुले उद्धारका लागि सहयोग मागेका थिए । बुधबार दिनभर प्रयास गर्दा पनि उद्धार गर्न नसकिएको ट्रेकिङ टोलीमा रहेका रुवीभ्याली गाउँपालिकाका विपिन तामाङले बताए ।

    तामाङका अनुसार गणेश हिमाल बेस क्याम्पको केही तल (करिब डेढ घण्टाको दुरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन् । संगै ट्रेकिङमा रहेका ११ जना भने रुवीभ्याली गाउँपालिका–४ हिन्दुङ आइपुगेका छन् ।

    पर्यापर्यटन प्रवर्धनको उद्देश्यले धादिङको रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको २७ जनाको टोली एक सातादेखि यात्रामा रहेका छन् । त्यस स्थान नजिक मानव वस्ती नभएको र संचारको पहुँच नभएकाले बुधबार बिहानदेखि छ घण्टा हिडेर संचार सम्पर्कमा आएको ट्रेकिङमा रहेका पत्रकार मिलन तिमिल्सिनाले बताए ।

    ट्रेकिङ टोलीमा २७ जना रहेका छन् । अनुसुयासँगै डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यको पनि स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ । २७ जना मध्ये २ जना बिरामीसहित १६ जना बेस क्याम्प नजिकै फसिरहेका छन् भने ११ जना १४ घण्टा हिडेर तिप्लिङको हिन्दुङ आइपुगेका छन् ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २९, २०८१ बिहिवार - ०६:०९:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology