शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

गणेश हिमाल बेस क्याम्प जाँदा बिरामी परेका टोलीको २७ घण्टापछि उद्धार

गणेश हिमाल बेस क्याम्प जाँदा बिरामी परेका टोलीको २७ घण्टापछि उद्धार

नागरिक पाटी

२९, कार्तिक २०८१
  • 2.5K
    SHARES
  • गणेश हिमाल बेस क्याम्प जाँदा बिरामी परेका टोलीको २७ घण्टापछि उद्धार

    धादिङ । उत्तरी धादिङबाट गणेश हिमाल बेस क्याम्प जाँदै गर्दा खोचमा बिरामी परेकाका टोलीको खबर पाएको २७ घण्टापछि उद्धार गरिएको छ ।

    images
    images

    कात्तिक २२ गते वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यसहित १५ जनाको टोली गणेश हिमाल बेस क्याम्पतर्फ जाँदै गर्दा रुवी भ्याली गाउँपालिकाको आखु नदिको मुहान नजिक खोचमा पुगेपछि आचार्य र प्राविधिक सहायक अनुशिया ढुङ्गानालाई स्वासप्रस्वासमा समस्या भएको थियो ।

    गणेश हिमाल बेस क्याम्प गणेशकुण्ड, कालो दह, सेतो दह गणेश हिमालको अध्यायन अनुसन्धान तथा संरक्षित क्षेत्र घोषणा गर्ने उदेश्यले गएका टोली चिसोको कारण खोँचमा बिरामी परेको  खबर पाएपछि बुधबार नै हेलीकोप्टर मार्फत उद्धारको प्रयास गरिएको भए पनि खराब मौसमको कारण हेलिकप्टर यसै फर्किएको थियो ।

    आज बिहानदेखि प्रयास गर्दा मौसममा सुधार आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरुको अहिले दिउँसो १ : ३० बजे उद्धार गरिएको छ ।

    उद्धार गरिएका मध्ये ३ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं पठाइ उपचार थालिएको छ भने अन्य सामान्यलाई हिन्दुङ गाउँमा छोडिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनु भयो।
    पदयात्रा टोलीमा गएका २ बाहेक डिभिजन वन कार्यालय धादिङका टोलीसहित साहित्यकार र सञ्चाकर्मीको अवस्था सामान्य रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २९, २०८१ बिहिवार - १५:०८:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology