धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ४ जिम्मलगाउँमा स्थानियको सक्रियतामा कुल देवताको मन्दिर निर्माण भएको छ । स्थानियले आफु सक्दो रकम सँकलन गरेर मन्दिर निर्माण गरिएको वडा अध्यक्ष हरि सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार १० लाख ६४ हजारको प्राविधिक स्टिमेट अनुसार ठेक्का दिई मन्दिर निर्माण गरिएको हो । उक्त मन्दिरमा हरेक तिन वर्षमा कुल पुजा हुने गर्छ ।