शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महादेवस्थान माध्यमिक विद्यालयको मनाईयो ३६ औं वार्षिकोत्सव समारोह

महादेवस्थान माध्यमिक विद्यालयको मनाईयो ३६ औं वार्षिकोत्सव समारोह

नागरिक पाटी

१०, पौष २०८१
  • 2.9K
    SHARES
  • महादेवस्थान माध्यमिक विद्यालयको मनाईयो ३६ औं वार्षिकोत्सव समारोह

    महादेवस्थान माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सब समारोह गरिएको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको उक्त विद्यालयको वार्षिकोत्सव समारोह विभिन्न क्रियाकलापहरु सहित गरिएको हो ।

    images
    images

    कार्यक्रममा पुर्व प्रधानाध्यापक तथा पुर्व शिक्षकलाई सम्मान गरिएको छ । यस्तै यस अघि सम्पन्न भएका विभिन्न प्रतियोगिताका विजयी विद्यार्थी, कक्षा प्रथम भएका विद्यार्थी लगायतलाई सम्मान गरिएको छ ।

    11.JPG

    कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले पनि विभिन्न प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ ।

    कार्यक्रममा विद्यालयको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्त्ुत विद्यालयका प्रधानाध्यापक केशव प्रसाद रुपाखेतीले गर्नुभएको छ ।

    यस्तै विद्यालयको विभिन्न पक्षहरुको बारेमा सहभागी प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथी लगायतले आफ्नो भनाई प्रस्तुत गरेका छन् ।

    22.JPG

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ऋषी कुमार ढकालको अध्यक्षता तथा नगरपालिकाको मेयर बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता र उपप्रमुख सुरज उप्रेतीको विशेष आतित्थ्यता रहेको थियो ।

    कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराई, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी, पुर्व शिक्षक, व्यवस्थापन समितीका पुर्व अध्यक्ष, विद्यालयका विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १०, २०८१ बुधवार - १८:२१:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology