शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नौबिसे साना किसान कृषि सहकारीले मनायो १४औं वार्षिक साधारणसभा

नौबिसे साना किसान कृषि सहकारीले मनायो १४औं वार्षिक साधारणसभा

शिवराज आचार्य

१८, पौष २०८१
  • 2.6K
    SHARES
  • नौबिसे साना किसान कृषि सहकारीले मनायो १४औं वार्षिक साधारणसभा

    नौबिसे । धादिङको धुनिवेशी नगरपालिका ८ मा रहेको नौबिसे साना किसान कृषि सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार सम्पन्न साधारण सभामा अध्यक्ष सुनिता घिमिरेले सहकारीको वार्षिक प्रगती प्रतिवेदन, संस्थाका प्रवन्धक कृष्ण प्रसाद अधिकारीको प्रतिवेदन, लेखा समिति संयोजक सन्चुमाया राई आन्तरीक लेखा प्रतिवेदन पेश गर्नु भएको हो ।

    images
    images

    नौबिसे साना किसान कृषि सहकारीको १४ औं साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती कृषि सहकारी संघ का अध्यक्ष डिल्ली पाठकले सहकारी कस्तो बनाउने भन्ने जिम्मेवारी र दायित्व सम्वन्धित संस्थाको नेतृत्व र शेयर सदस्यहरुको रहने बताउनु् भएको छ।  

    472137431_1419425679459158_7648132187707710662_n.jpg

    नौबिसे साना किसान कृषि सहकारी संस्थामा २०८१ मंसिर मसान्त सम्ममा १६८० शेयर सदस्य, सहकारीको शेयर पुँजी २ करोड १ लाख ८२ हजार, लगानीमा रहिरहेको ल.र.र ऋण रकम ३० करोड ५८ लाख १२ हजार रुपैयाँ रहेको छ भने २०८१ मंसिर मसान्त सम्मा सहकारीको खुद नाफा ४८ लाख ११ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  सहकारीको भाका नागेको रकम ३ करोड ४४ लाख ५६ हजार, पाउनु पर्ने व्याज ८३ लाख ६८ हजार रहेको सहकारीको जम्मा करोकार ३५ करोड ७६ लाख ४६ हजार ६०७ रुपैयाँ रहेको सहकारीका प्रबन्धक अधिकारीले जानकारी दिनु भयो ।

    472136469_1419427196125673_2506874412178019568_n.jpg

    सहकारीका सुनिता घिमिरेको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा बागमती परुदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठकको प्रमुख आतिथ्यता रहेका थियो । साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघका सदस्य अप्सरा अधिकारी, जिल्ला सहकारी संघका अध्यक्ष रंग थपलिया,जिल्ला सहकारी संघका पृर्व अध्यक्ष रामचन्द्र आचार्य,साना किसान विकास लघुवित्त वित्तिय संस्था गजुरीका वरिष्ठ सहायक सूर्य अधिकारी,  जीवनपुर साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष राजेश कुमार रुचाल, गोगनपानी साना किसान कृषि सहकारी संस्था लिका  अध्यक्ष बद्रि प्रसाद रुपाखेती, तसर्पू साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष राधिका देवि सापकोटा, नगरपालिका सहकारी शाखाका प्रतिनिधि लगायत शेयर सदस्यहरु उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १८, २०८१ बिहिवार - १९:०२:३२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology