शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रबाट एकसिंगे गैंडा स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रबाट एकसिंगे गैंडा स्थानान्तरण

नागरिक पाटी

२०, माघ २०८१
  • 2.4K
    SHARES
  • चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रबाट एकसिंगे गैंडा स्थानान्तरण

    चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैंडाको आन्तरिक स्थानान्तरण शुरू गरेको छ। निकुञ्जको पश्चिम क्षेत्र नवलपुरबाट एउटा पोथी गैंडालाई पूर्वी क्षेत्रमा लगिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरले बताए। नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनबाट करीब १५ वर्षको वयस्क पोथी गैंडालाई डार्ट गरेर पूर्वी क्षेत्रमा लगिएको हो।

    images
    images

    निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको संख्या बढी भएपछि चार वटा गैंडालाई निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको मगरले जानकारी दिए। २०७९ सालमा गैंडाको आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको थियो।

    त्यसका आधारमा निकुञ्जले गत वर्ष ६ वटा गैंडा स्थानान्तरण गरेको थियो। अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैंडा स्थानान्तरण गर्न सुझाव दिएको थियो। थप चार गैंडा स्थानान्तरण गर्न लागिएको उनले बताए।

    प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैडा स्थानान्तरणको काम शुरू गरेको हो। हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना लगायतको जनशक्ति प्रयोग गरेर गैंडा स्थानान्तरण गर्न थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। गणेश पन्तले बताए।

    निकुञ्जले दुई  वटाभाले र दुई वटा पोथी गैंडा स्थानान्तरण गर्ने तयारी गरेको छ। अब एउटा पोथी र दुई भाले गैंडा स्थानान्तरण गरिने पन्तले बताए। निकुञ्जको नवलपुर क्षेत्रबाट लगिएका गैंडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोडिनेछ।उ)लभधक

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - १०:४५:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology