शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सक्सेस एकेडेमीले साँस्कृतिक कार्यक्रम सहित मनायो १४औं अभिभावक दिवस

सक्सेस एकेडेमीले साँस्कृतिक कार्यक्रम सहित मनायो १४औं अभिभावक दिवस

शिवराज आचार्य

२२, माघ २०८१
  • 10.1K
    SHARES
  • सक्सेस एकेडेमीले साँस्कृतिक कार्यक्रम सहित मनायो १४औं अभिभावक दिवस

    धार्के,धादिङ । धादिङ गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रहेको सक्सेस एकेडेमीले १३ औं अभिभावक दिवस मनाएको छ । सोमबार वसन्तपञ्चमीको अवसरमा एकेडेमीले सांस्कृतिक कार्यक्रम सहित १४ औं अभिभावक दिवस मनाएको सक्सेस एकेडेमीका प्रबन्ध निर्देशक रामचन्द्र अर्यालले बताए।

    images
    images

    fecbdf9a-08b6-4efd-adc9-255f45d5206d.jpeg

    सक्सेस एकेडेमीले कक्षा नर्सरी देखि कक्षा ९ सम्म अध्ययन गरी वार्षिक परिक्षामा प्रथम, द्धितिय, तृतिय हुने विद्यार्थीहरुलाई समान गरेको प्रबन्ध निर्देशक अर्यालको भनाइ छ ।
    एकेडेमीले बद्री बहादुर कार्कीेको नाममा स्थापना गरिएको बद्री बहादुर कार्की स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८० बाट विद्यार्थी निष्मा घिमिरेलाई प्रदान गरिएको छ । त्यसै गरी लोक बहादुर कार्कीको नाममा स्थापना गरिएको लोक बहादुर कार्की स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८० बाट विद्यार्थी प्रनिशा खड्कालाई प्रदान गरेकोे छ ।

    ec59381f-05f1-4efe-9daa-e7bc6f33183e.jpeg

    त्यसै गरी लेखनाथ अधिकारीको नाममा स्थापना गरिएको लेखनाथ अधिकारी स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८० बाट र युनिका रुपाखेतीलाई प्रदान गरिएको छ ।
    त्यसै गरी लक्ष्मीप्रसाद अधिकारीको नाममा स्थापना गरिएको लक्ष्मीप्रसाद अधिकारी–स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८० निष्मा घिमिरेलाई प्रदान गरिएको छ । त्यसै गरी कार्यक्रममा बीचमा पूर्व विद्यार्थी तीन जनालाई समान गरिएको छ । एकेडेमीले नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीलाई सम्मान गरेको छ।

    d167da90-2b57-4757-9a61-1b1bce2be8a5.jpeg

    एकेडेमी व्यवस्थापन समितिले २०६८ सालबाट हाल सम्म अध्यायपन गराउँदै आएका शिक्षक, शिक्षिकालाई सम्मान गरेको प्रिन्सिपल जगत प्रसाद रिजालले बताए । कार्यक्रमा एकेडेमीका नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक प्रस्तुती देखाएका थिए।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारी, शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय धादिङका प्रमुख भूमिलाल शर्मा सुवेदी, नम्बर ६ बाहिनी अडाका प्रा.सेनानी पेमा लामा, एडमार्क एकेडेमी कलेज तथा विज्डम एकेडेमीका अध्यक्ष पुरुषोत्तम अधिकारी, गल्छी गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कार्की, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, शिक्षक,शिक्षिका,विद्यार्थी,अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २२, २०८१ मंगलवार - ११:४०:५६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology