शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रित्तिदैँ शहर नजिकको तोप्लाङ गाउँ

रित्तिदैँ शहर नजिकको तोप्लाङ गाउँ

नागरिक पाटी

२७, माघ २०८१
  • 3.8K
    SHARES
  • रित्तिदैँ शहर नजिकको तोप्लाङ गाउँ

    पहाडको टुप्पोमा उत्तर पश्चिम फर्केको पारिलो गाँउ । गाँउका घरको आकार प्रकारले पुरानो शहरको झल्किन्छ । माथिल्लो भाग कमेरो माटा र तल्लो भाग रातो माटोले पोतेको देख्दै लोभ लाग्दो र आर्कषक घरहरु । त्यही गाँउलाई नमूना गाँउ बनाउने अभियान चलाएका थिए गाँउलेहरुले । अगुवाईको कमाण्ड सम्हालेका थिए गाँउकै जेष्ठ सदस्य मध्येका भैरव बहादुरले । भैरव बहादुरले नवजवानहरुलाई साथमा लिएका थिए । भैरवको वोली गाँउलेका लागि कानून सरह थियो । नमूना र पर्यटकीय गाँउ बनाउने अभियानमा धेरैको साथ सहयोग मिलेको थियो । गाँउमा निकै राम्रा अभ्यासहरु हँुदै गए । दिनहरु वित्दै गए भैरव बहादुर अस्ताए । अभियानमा जुटेका यूवाहरु मनोज, बुद्ध, नोर्देनहरुले गाउँ छाड्दै गए । पछिल्लो समय यो गाँउमा गाँउकै मानिसको उपस्थिती पातलिदैै गएको छ । पर्यटक आउने कुरा त दुर हुँदै गएको छ ।

    images
    images

    पछिल्लो समय मानिसहरु सुख, सुविधा उपभोग गर्न लालाहित देखिन्छन् । वालवालिकाको उज्जवल भविष्यका लागि शिक्षा र वालवालिको शिक्षाका लागि रोजगारी गर्नका लागि मानिसहरुले गाउँ छाड्दैछन् । यसरी गाउँ छाड्ने काम धुनीवेसी नगरपालिका वडा नं. ७ तोप्लाङ गाँउका तन्नेरीहरुले पनि गरेका छन् । ६७ घर रहेको गाँउमा अहिले ५० घरमा मात्र घर कुर्न वृद्धवृद्धा र केही घरमा वालवच्चा सहितका महिलाहरु मात्र छन् ।

    काठमाण्डौ जिल्लाको चन्द्रागिरी नगरपालिकोको थानकोटबाट १२ किलोमिटर पश्चिम पट्टि रहेको तोप्लाङ गाँउबाट चन्द्रगिरीमा रहेको भालेश्वर मन्दिर सात किलो मिटरमा पर्छ । धादिङ जिल्लाको पूर्वमा पर्ने धुनिवेसी नगरपालिकाको खानीखोलाबाट ६ किलोमिटरमा पर्ने तोप्लाङमा मकवानपुर जिल्लाको थाहा नगरपालिकाको विसुङ्खेल र धुनीवेसीकै मजुवा हुँदै नौविसे सम्म पनि सडक पुगेको छ । तामाङ समूदायको मात्र बस्ती रहेको तोप्लाङ गाँउलाई नमूना र पर्यटकीय गाँउ बनाउन संस्था र नेता, अगुवाहरुको सहयोग र निरन्तर साथ सहयोग रहेको मनोज तामाङ स्विकार गर्छन् ।

    गाँउमा थानकोटबाट चन्द्रागिरी हुँदै थाहा नगरपालिकाको फर्पिङ सडक खनेपछि गाँउलेहरुले श्रमदान गरेर चार किलोमिटर मोटर सडक २०५६।०५७ सालमा खन्यौ । गाँउलाई नमूना र “पर्यटकीय गाँए बनाउन विभिन्न तालिम पनि रिम्स नेपालले दियौ । माननीय राजेन्द्र प्रसाद पाण्डेबाट पनि सहयोग पायाँै । अन्य अगुवा जानेबुझेका र पत्रकारहरुको पनि सहयोग पायाँै । गाँउमा पर्यटकहरु पनि आउन थाले । फिन्ल्याण्ड, होल्याण्डका धेरै पर्यटक आउनुभयो । बाहिरी मानिसहरुको आगमनसंगै गाँउलेहरुलाई राजनीतिक दवाव बढ्न थाल्यो । यूवाहरु निस्क्रिय बन्न थाले । पर्यटकहरुको आगमन कम हुँदै गयो र अहिलेको अवस्थामा तोप्लाङ आइपुग्यो ।” स्थानिय मनोज बताउँछन् ।
    गाँउमा तीन कक्षा पढाई हुने स्कुल पाँच कक्षा पढाई हुने बनाइयो । त्यही स्कुलमा अहिले विद्यार्थी २०÷२२ जना मात्र छन् शिक्षकहरु चार जना छन् । गाउँमा मानिसहरु बस्दैनन् । जो तत्काल काठमाण्डौमा गएर परिवार पाल्ने खर्च पु¥याउन नसक्ने घर कुर्ने मानिस नभएकाहरु नै गाँउमा छन् । जो कमाई गर्न सक्ने, जे त होला भनेर आँट गर्ने, सरकारी सेवामा रहेकाहरु वालवालिकाको शिक्षाका लागि गाँउ छोडेको मनोजले बताए ।

    देशकै ठुलो शहर काठमाण्डौमा पूर्वपश्चिम टाढादेखिका मानिस आएर रोजगारी गरि वालवच्चाको शिक्षाका लागि दुख गरिरहेका छन् भने हामी नजिक भएर किन नगर्ने भन्ने धारणा आयो, सवैले क्रमिक रुपमा घर छाड्दै जादाँ गाँउ उराठ लाग्दो भएको मनोजको भनाई छ ।
    अहिले ५० घरमा मात्र घर कुर्ने मानिस छन् । अरु १७ घर ताला लागेका छन् । ती घरहरुमा कहिलेकाँही कोही आएपनि अव फर्केर आएर गाँउलाई पुरानै लयमा फकाउने निकै कठिन हुने देखिन्छ । अहिलेका वालवालिका काठमाण्डौको वातावरणबाट बाहिर आएर पुन पुख्यौली गाँउघर सजाउने सम्भावना कम हुने भएकाले अहिले जो गाउँमै बस्दै आएका छन् । उहाँहरुलाई नै गाँउमा रोगजारी दिने व्यवस्था मिलाउनु पर्ने धारणा मनोजको छ ।

    पहिले अर्गानिक तरकारी खेती गरिन्थ्यो । सिँचाई नभएकाले हिउँदमा तरकारी खेती गर्न सकिएन । बर्खाको तरकारी खेतीको कमाइले हिँउद धान्न गाह्रो भयो । अर्को खानेपानीको समस्या नै ठुलो चुनौती भयो । २०७२ सालको भुकम्पले पानीको मुहान भासियो । नगरपालिकाले लिफ्ट खानेपानी योजना निर्माण गरेको छ । कहिले ट्रान्सफर्मर बिग्रन्छ । विजुलीको मिटर समेत छैन । गाँउमा बसेर त्यो काम गर्ने मानिसको पनि अभाव भएको छ । गाँउमा जो बस्नु हुन्छ । उहाँहरुले त्यो योजनाको काम गर्न सक्ने पनि हुनुहुन्न । वालवालिका सहितका महिला र वृद्धवृद्धा मात्र हुनुहुन्छ मनोजले भने ।

    गाँउमा विकासका पूर्वाधारहरु भएपनि स्थानीय उत्पादनले खान नपुग्ने भयो । मानिसहरु नगदमुखी रोजगारी र गुण्स्तरीय शिक्षाका लागि शहर छिर्ने क्रम कढेको छ । त्यो अस्वभाविक भन्न पनि मिलेन । आफुले दुख पाएपनि छोराछोरीलाइृ राम्रो शिक्षा दिने सवैको चाहना हुन्छ । शूरुमा जागिरेहरुले गाउँ छाडे, पछि वालवच्चा पढाउन भन्दै गाँउ छाडे । अहिले प्राय सवै घरको मानिसहरु थानकोट सतुङ्गल, खानीखोला तिर रहेका छन् । अहिले पहिले र सरकारी सेवामा रहेकाले घडेरी घरको बन्दोवस्त मिलाएका छौँ । केहीघर भाडामा नै हुनुहुन्छ । अहिले तोप्लाङको मुख्य समस्या भनेको खानेपानी हो । खानेपानी पनि लिफ्ट गर्न थालेको छ । तर दिगो रुपमा सञ्चालन भएको छैन । पर्यटन व्यवसाय गर्नको लागि अति नै सुन्दर ठाँउ गाउँ हो । तोप्लाङमा प्रदेश सरकारले भ्यु टावर बनाएको छ । यो भ्युटावरबाट धुनीवेसी लगायत धादिङका धेरै भुभाग र हिमालहरुको हेर्न सकिन्छ । त्यही बसेर भोलिपल्ट चन्द्रागिरी गएर शहर छिर्न सकिन्छ । यो गर्नका लागि त्यहीँ भएका मानिसहरुलाई साथ दिन यूवा तथा नवजवानहरुको उपस्थिती आवश्यक हुने रामचन्द्र लामाले बताए । नगरपालिकाबाट होमस्टे सञ्चालन गर्न तालिम पनि दिएको थियो । आवश्यक संरचनाहरु पनि छन् । त्यसलाई व्यवस्थित गराए होमस्टे राम्रो चल्छ जस्तो लाग्छ तर कसले कहिले र कसरी सञ्चालन गर्ने रामचन्द्र दोधारमा छन् ।

    अहिले जो गाँउमा बसेर खेतीपाती गर्दै आएका छौँ , हामीहरुलाई वाली भित्राउन पाउने अवस्था छैन । दुम्सी र बँदेलले वाली नोक्सान गरिदिन्छ । खेती गर्ने मानिसको अभावमा छेउकुना वाँझो बढ्दै गएको स्थानीयहरु बताउँछन् ।

    विकासले मात्र मानिसलाई गाँउमा रोक्न सकिँदो रहेनछ भन्ने उदाहरण हो तोप्लाङ । मानिसको मुख्य कुरा भनेको रोजगारी र शिक्षा भएको छ । तोप्लाङको विकासमा २५ वर्ष भन्दा अघिदेखि काम भएको छ । केही समय सवैको आर्कषणका रुपमा रहेको गाँउ आज पनि आर्कषणका रुपमा छ तर फरक किसिमले । पहिले पर्यटकीय र नमूना बनाउदै गाँउ भनेर अहिले गाँउमा मानिस बस्दैनन् भनेर । एउटै वडा खानीखोला राष्ट्रिय राजमार्ग हुने त्यही वडाका गाँउमा मोटर बाटो नहुने हुन हुँदैन भनेर मोटर बाटो पुग्यो तोप्लाङसहित लेकवस्तीमा । होमस्टे सञ्चालन तालिम पनि सञ्चालन ग¥यौँ । शिक्षा र रोजगारी सुख सुविधा तर्फ लागे गाउँ खाली भए । नगरपालिकाको तर्फबाट धेरै काम भएका छन् । अझ पनि पर्यटकीय गाँउ बनाउन कोसिश जारी रहेको धुनिवेसी नगरपालिका प्रमुख वालकृष्ण आर्चायले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - २०:५२:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology