शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भुवनेश्वरी माध्यमिक विद्यालयले मनायो ६५ औँ वार्षिकोत्सव

भुवनेश्वरी माध्यमिक विद्यालयले मनायो ६५ औँ वार्षिकोत्सव

आशिष ठकुरी

२, फाल्गुण २०८१
  • 3.7K
    SHARES
  • भुवनेश्वरी माध्यमिक विद्यालयले मनायो ६५ औँ वार्षिकोत्सव

    धार्के । धुनिबेशी नगरपालिका वडा नम्बर ५ पुरानो धार्केमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयले ६५ औँ वार्षिक उत्सव मनाएको छ । विविध कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाईएको विद्यालयका प्रधानाध्यापक गोर्वद्धन गोदारले बताउनुभयो ।

    images
    images

    कार्यक्रममा हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरिएको छ । यस्तै एसईईका उत्कृष्ट विद्यार्थी, कक्षा १२ का उत्कृष्ट विद्यार्थी, खेलकुद प्रशिक्षक, विभिन्न विधामा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक गोदारको भनाई छ । 

    2.JPG

    विद्यालयमा अक्षयकोषको स्थापना गरि गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ती प्रदानमा सहयोग गरेको भन्दै शम्भुप्रसाद रेग्मी र विदुर रेग्मीलाई सम्मानपत्र सहित सम्मान गरिएको हो ।

    3.JPG

    यस्तै ३० भन्दा बढि विद्यार्थीहरुलाई विद्यालय झोला प्रदान गरि सहयोग गरेकोमा स्थानिय व्यवसायी रामनाथ गजुरेल, खेलकुद प्रशिक्षक मार्फत सहयोग गरेकोमा सुजन पण्डित, यस्तै उत्कृष्ट शिक्षकको रुपमा २ जना शिक्षकहरुलाई पनि सम्मान गरिएको छ ।

    विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बासुदेव बास्कोटाको अध्यक्षता रहेको कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो ।

    कार्यक्रममा धुनिवेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराई, शिक्षा शाखा प्रमुख कर्ण बहादुर भुवाजी, पुर्व प्रधानाध्यापक रामचन्द्र आचार्य लगायतको आतित्थ्यता रहको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २, २०८१ शुक्रवार - १९:०८:४८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology