शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङका विपन्न विद्यार्थी महिनावारी स्वच्छता र शैक्षिक सामग्री पाउँदा खुसी

बेनीघाट रोराङका विपन्न विद्यार्थी महिनावारी स्वच्छता र शैक्षिक सामग्री पाउँदा खुसी

शिवराज आचार्य

१८, फाल्गुण २०८१
  • 5.0K
    SHARES
  • बेनीघाट रोराङका विपन्न विद्यार्थी महिनावारी स्वच्छता र शैक्षिक सामग्री पाउँदा खुसी

    धादिङ । पुन प्रयोग गर्न मिल्ने प्याड सहितको किट पाए पछि महिनावारी भएको समय विद्यालयमा समस्या भोग्दै गरेका धादिङको बेनीघाट रोराङ अधिकांश छात्रा पछिल्लो समय स्वच्छता सामाग्री पाउँदा निकै हर्षित बनेका छन् । यहाँका कक्षा ४ देखि १० सम्म अध्ययनरत छात्रालाई प्रयास नेपाल धादिङले चाईल्ड फण्ड जापानको आर्थिक सहयोगमा विद्यालयमै पुगेर प्याडसहित भएको पेन्टी अर्थात् महिनावारी स्वच्छता सामाग्री वितरण गरेपछि उनीहरू खुसी बनेका हुन् ।

    images
    images

    481149298_1464906388244420_7950430344515622764_n.jpg

    महिनावारी भएका बेला विद्यालय पढ्न जाँदा रगत बाहिर बग्छ कि भन्ने डर लाग्ने गरेको बेनीघाट रोराङ गाउँपालिका–८ स्थित कालिका मावि कक्षा १० मा अध्ययनरत छात्रा सजिता चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, “महिनावारी भएको बेला सहज हुने गरेर प्रयास नेपालले महिनावारी स्वच्छता सामाग्री दिएपछि अहिले त्यो डर हटेको उनले बताइन।

    धादिङको बेनीघााट रोराङ गाउँपालिकामा रहेका ४ वटा विद्यालयमा अध्ययनरत छात्रालाई महिनावारी भएकाले बेला सरसफाइ तथा विद्यालयमा आउन सहज हुने गरेर महिनावारी स्वच्छता सामाग्री वितरण तथा महिनावारी स्वच्छता सम्बन्धि कार्यक्रम प्रयास नेपाल धादिङले चाईल्ड फण्ड जापानको आर्थिक तथा बेनीघाट रोराङ गाउँपालिकाको समन्वय र सहकार्यमा सञ्चालिन शिक्षामा पहुँच सुनिश्चितता परियोजना (सेफ)ले सञ्चालन गरेको हो ।

    481246407_1464906304911095_4793482053194024738_n.jpg

    प्रयास नेपाल धादिङले बेनीघाट रोराङका वडा नम्बर ६, ८ र १० को राष्ट्रिय मावि, गोईराङ आवि, पन्चकन्या मावि र कालिका माविमा कक्षा ४ देखि १० सम्म अध्ययनरत गर्ने झन्डै ३९९ जनालाई महिनावारी स्वच्छता र शैक्षिक सामाग्री विरतण गरेको प्रयास नेपालको शिक्षामा पहुँच सुनिश्चितता परियोजना (सेफ)परियोजनाका फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले बताउनुभयो ।

    विद्यालय १ दिने महिनावारी स्वच्छता सम्बन्धि तालिम तथा स्वच्छता सामाग्री सहितको किट झोला तथा सोलार लाईट , पोशाक, स्कुल व्याग र शैक्षिक सामग्री सहयोग गरिएको छ । चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत प्रदान गरिएको स्वच्छता तथा शैक्षिक सामाग्री सहयोगले बालिकालाई विद्यालयमा नियमितता हुन प्रेरित गर्नका साथै उनीहरूको पठनपाठनलाई थप सहज पुग्ने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो। 

    केहि तस्बिरहरु :

    481160673_1464906401577752_7490942501938912843_n.jpg

     

    481546318_1464906498244409_3568362394143583936_n.jpg481542060_1464909521577440_5714891764365054476_n.jpg481810397_1464906588244400_3256508864907686246_n.jpg481476725_1464909574910768_343618008996469807_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १८, २०८१ आइतवार - १२:३५:२९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology