शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ज्वालामुखिमा प्रधानाध्यापकहरुको लागि बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण

ज्वालामुखिमा प्रधानाध्यापकहरुको लागि बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण

नागरिक पाटी

२६, फाल्गुण २०८१
  • 3.2K
    SHARES
  • ज्वालामुखिमा प्रधानाध्यापकहरुको लागि बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण

    धादिङको ज्वालामुखि गाउँपालिका वडा नं ६ साँधभज्याङमा प्रधानाध्यापकहरुको लागि बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्रका सामुदायिक बिद्यालयका प्रधानाध्यापक लागि बालमैत्री स्थानीय शासन नितिगत र प्रक्रियागत र अबलम्बन तथा घोषणा सम्बन्धि जानकारी दिने तथा क्षमता विकास गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

    images
    images

    अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासनवडा समितिको संस्थागत संरचना र बालमैत्री स्थानीय शासनका सेवा प्रवाहका ३६ वटा र संस्थागत १५ गरि ५१ वटा सूचकहरू, बिद्यालयमा बालबालिकाहरुको शैक्षिक सुधारमा प्रधानाध्यापकहरुको भुमिका बालक्लब, बालक्लब संञ्जाल गठन तथा परिचालन लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजीकरण गर्नु भएको थियोे । अभिमुखीकरण कार्यक्रममा ज्वालामुखि गाउँपालिका भित्रका ३१ जना प्रधानाध्यापक सहभागी रहेको शिक्षा शाखा प्रमुख देवकी सिम्खडाले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - ०६:०२:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology