शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्डका लागि बोलपत्र आह्वान

बीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्डका लागि बोलपत्र आह्वान

नागरिक पाटी

२८, फाल्गुण २०८१
  • 3.3K
    SHARES
  • बीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्डका लागि बोलपत्र आह्वान

    काठमाण्डौ । बीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड (नेपालथोक–बर्खेखोला) को पुनर्निर्माणका लागि बोलपत्र आह्वान भएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षा र बाढी पहिरोले क्षतिग्रस्त सडक पुनर्निर्माण कार्यका लागि सडक डिभिजनले आज ठेक्का आह्वान गरेको हो । ठेक्का ३० दिनमा खोलिनेछ ।

    images
    images

    क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि चार प्याकेजमा काम थालिएको हो । अब बाँकी तीन वटा प्याकेज काभ्रेतर्फको सडक डिभिजन भक्तपुरले ठेक्का लगाउने छ ।

    अर्थमन्त्रालयले यही फागुन पहिलो हप्ता बीपी राजमार्ग पुनर्निर्माणका लागि आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेको थियो ।

    बाढी–पहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको भकुन्डेबेसीदेखि नेपालथोकसम्म सडकमा क्षति पुर्‍याएको थियो । त्यसमा झण्डै आठ किलोमिटर सडकको संरचना नै क्षतविक्षत छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २८, २०८१ बुधवार - १८:०१:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology