शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा एसईई परीक्षाको तयारी पूरा, ५ हजार ४ सय ७५ विद्यार्थीहरु सहभागी हुँदै

धादिङमा एसईई परीक्षाको तयारी पूरा, ५ हजार ४ सय ७५ विद्यार्थीहरु सहभागी हुँदै

नागरिक पाटी

६, चैत्र २०८१
  • 4.8K
    SHARES
  • धादिङमा एसईई परीक्षाको तयारी पूरा, ५ हजार ४ सय ७५ विद्यार्थीहरु सहभागी हुँदै

    धादिङ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ। भोलिदेखि सुरु भई २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षामा धादिङमा सामुदायिक र संस्थागत विद्यालय गरी ५ हजार ४ सय ७५ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रशासकीय प्रमुख भुमीलाल शर्मा सुवेदीले जानकारी दिनुभयो।

    images
    images

    सुवेदीका अनुसार धादिङको १ सय ३४ सामुदायिक विद्यालय र २० संस्थागत विद्यालयबाट नियमिततर्फ ४ हजार ३ सय ४७, प्राविधिकतर्फ १ सय ६४, ग्रेड वृद्धितर्फका ९ सय ३२ र खुल्ला तर्फ ३२ जना विद्यार्थी सहभागी हुनेछन्।

    जिल्लाभर २४ परीक्षा केन्द्रमा २४ जना केन्द्राध्यक्ष, ४३ जना सहायक केन्द्राध्यक्ष, २ सय ७५ जना निरीक्षक, ५६ जना परीक्षा सहायक,३ सय ६० जना सुरक्षाकर्मी र ११० जना सहयोगी कर्मचारी गरी जिल्लाभर ८ सय ७५ जना जनशक्ती प्रत्यक्ष परिचालन गरिने प्रशासकीय प्रमुख सुवेदीले बताउनुभयो।

    परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका केन्द्रहरूमा पु¥याइसकिएको र प्रश्नपत्रहरू परीक्षा केन्द्र नजिकै रहेका प्रहरी चौकीमा सुरक्षित रूपमा राखिएको बताउनुभयो। परीक्षा स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सञ्चालन हुने उहाँको भनाई छ।

    यसवर्षको परीक्षामा देशभर पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ।  परीक्षा बिहान ८ देखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०८१ बुधवार - १९:३०:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology