शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीका कृषकलाई सुन्तला उत्पादनका लागि आवश्यक कृषी औजार लगायतका सामाग्री वितरण

धुनिवेशीका कृषकलाई सुन्तला उत्पादनका लागि आवश्यक कृषी औजार लगायतका सामाग्री वितरण

नागरिक पाटी

६, चैत्र २०८१
  • 6.5K
    SHARES
  • धुनिवेशीका कृषकलाई सुन्तला उत्पादनका लागि आवश्यक कृषी औजार लगायतका सामाग्री वितरण

    धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ का कृषकहरुलाई सुन्तला उत्पादनका लागि आवश्यक उपकरण तथा औजार वितरण गरिएको छ । समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत वडा नम्बर ६ का ६० जना कृषकलाई ओरेन्ज एग्रो रिर्सोटमा भएको एक कार्यक्रममा सुन्तला खेतीका लागि आवश्यक उपकरण तथा औजार वितरण गरिएको हो ।

    images
    images

    धुनिवेशी नगरपालिका, कृषी विकास कार्यालय र वडा नम्बर ६ को कालिदेवी सुन्तला उत्पादक कृषक समुहको सहभागितामा यो कार्यक्रम सञ्चालन गरिएको छ । पाँच वर्षको लागि सुरु भएको यो कार्यक्रम अन्र्तगत प्रथम वर्षको लागि ६० जना कृषकलाई आवश्यक कृषी औजार, स्प्रे पम्प लगायतका सामाग्री प्रदान गरिएको नगरपालिकाको कृषी शाखाका सन्तोष खड्काले बताउनुभयो । एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्र्तगत सुन्तला खेतीका लागि पाँच वर्ष भित्र धुनिवेशी नगरपालिका वडा नम्बर ६ का १६७ जना कृषक परिवार लाभान्वित हुनेछन् । पहिलो वर्षका लागि ६६ लाख ६७ हजार रुपैँया रहेकोमा उक्त रकम वागमती प्रदेश अन्तर्गत कृषी विकास कार्यालय मार्फत ६० प्रतिशत, धुनिवेशी नगरपालिकाको २० प्रतिशत र स्थानिय कृषकको २० प्रतिशत लागत साझेदारी रहनेछ ।

    उक्त सँख्याका कृषकहरुका लागि आगामी दिनमा ७ हजार विरुवा वितरण गर्ने कार्यक्रम पनि रहेको छ । यस्तै विभिन्न तालिम तथा अवलोकन भ्रमण लगायतका क्रियाकलाप सञ्चालन गरिने वडा नम्बर ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यले बताउनुभएको छ।

    सुन्तला उत्पादनका लागि आवश्यक उपकरण तथा औजार वितरण कार्यक्रममा कृषी विकास कार्यालय धादिङका प्रमुख गोविन्द पोखरेल, धुनिवेशी नगरपालिकाको उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल, वडा नम्बर ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्य, कालिदेवी सुन्तला उत्पादक कृषक समुहका पदाधिकारी लगायत कृषकहरुको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०८१ बुधवार - १९:४४:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology