शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनिघाट रोराङमा अपाङ्गता भएका व्यक्तिलाई मौरी सहितको घार वितरण

बेनिघाट रोराङमा अपाङ्गता भएका व्यक्तिलाई मौरी सहितको घार वितरण

नागरिक पाटी

९, चैत्र २०८१
  • 5.5K
    SHARES
  • बेनिघाट रोराङमा अपाङ्गता भएका व्यक्तिलाई मौरी सहितको घार वितरण

    धादिङको बेनीघाट रोराङ गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई २ दिने मौरीपालन तालिम र मौरी सहितको घार वितरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा धादिङ नेत्रहीन संघको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत २ दिने मौरीपालन तालिम र मौरी सहितको घार वितरण गरिएको हो ।

    images
    images

    पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले व्यावसायिक सीप हस्तान्तरण गर्दै आत्मनिर्भर बनाउने अभियान अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भर जीवनशैली प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

    यस्तै अवसर पाएमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिएको र उक्त कार्यक्रमले सहभागीहरूलाई आत्मनिर्भरताको मार्गमा अघि बढ्न हौसला प्रदान गरेको गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठको भनाई छ ।

    तालिममा २० जना अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ९, २०८१ शनिवार - १५:४६:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology