नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको अध्यक्षमा गोपाल भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ । चितवनमा भएको महासँघको १५ औँ साधारणसभा तथा छैटौँ महाधिवेशनबाट भट्टराईको अध्यक्षतामा समिती चयन भएको हो ।
महासँघको बरिष्ठ उपाध्यक्षमा कुलबहादुर नेपाली, उपाध्यक्षमा टिकादत्त अधिकारी, ज्ञानु फौदार, मातृका सापकोटा र ज्योती भण्डारी चयन हुनुभएको छ । यस्तै महासचिवमा इन्द्रकुमार त्रिपाठी, सचिवमा तुल्सीराम न्यौपाने, कोषाध्यक्षमा बाबुराम आचार्य चयन हुनुभएको छ ।
यस्तै महासँघको पुजा गैरे, अमृत सिङ वाइवा, रत्नराम बन्जारा, बाबुलाल पाण्डे, दिलिप पाठक, रविन रेग्मी सानुमान जलारी, सन्तोषकुमार मिश्र, रामबहादुर लोहनी, र मिनराज भुषाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
महासँघमा धादिङले १ पदाधिकारी र २ केन्द्रिय सदस्य पाएको छ । महासचिवमा सर्वसम्मत निर्वाचित इन्द्रकुमार त्रिपाठी र केन्द्रिय सदस्यमा निर्वाचित दिलिप पाठक, रविन रेग्मी धादिङका अटो व्यवसायी हुन् ।