शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा

शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा

नागरिक पाटी

२४, चैत्र २०८१
  • 4.9K
    SHARES
  • शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा

    काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरुले शैक्षिक हड्तालको घोषणा गरेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भोलि सोमवारदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।

    images
    images

    महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति निकालेर देशभरका सबै विद्यालय बन्द गरी आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गर्नुभएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासङ्घको नेतृत्वमा शिक्षकहरुले आन्दोलन गर्दै आएका छन् ।

    गएको चैत २० गतेदेखि काठमाण्डौमा निरन्तर प्रदर्शन गरिरहेका छन् । महासङ्घले आन्दोलनको अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायतका कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ । उनीहरुको आन्दोलनका कारण विद्यालयमा भर्ना अभियान प्रभावित भएको छ ।

    reralese_JbL33K0lxT.jpg

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २४, २०८१ आइतवार - १४:५१:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology