आज सुनको भाउ बढेको छ । आज सुनको भाउ एकैदिन २ हजार रुपैयाँले बढेर तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ७३ हजार ४ सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ ५ रुपैयाँले बढेर तोलाको १ हजार ८ सय ३५ रुपैयाँमा कायम भएको महासङ्ले जनाएको छ