धादिङको थाक्रे गाउँपालिका वडा नं ३ को झण्डाचुलीमा झण्डातोलन तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । थाक्रे गाउँपालिकाको सबैभन्दा अग्लो स्थान झण्डाचुलीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रत्येक नयाँ वर्षका दिन हुने कार्यक्रमलाई निरन्तरता दिँदै आगामी बैशाख १ गते कार्यक्रम गर्न लागिएको थाक्रे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङले जानकारी दिनुभयो ।
भुमिचुली युवा क्लबको आयोजना, ठाडोखोला युवा क्लबको सह-आयोजना र थाक्रे गाउँपालिकाले सहकार्यमा हुने कार्यक्रममा झण्डातोलन सहित झाँक्री प्रदर्शनी देखि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।
विक्रम सम्वत २०३२ सालतिर नेपालको राष्ट्रिय झण्डा गाडिएको इतिहास सम्झँदै प्रत्येक नयाँ वर्षमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले झण्डातोलन कार्यक्रम हुने गरेको हो । उक्त कार्यक्रमको मिडिया पार्टनर नागरिकपाटी डटकम, रेडियो राजमार्ग सहित विभिन्न सञ्चारमाध्यम रहेका छन् ।
आयोजकले मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे गाउँपालिका र गल्छी गाउँपालिकाको सिमानामा रहेको यस क्षेत्रमा नयाँ वर्ष २०८१ मा सबैलाई उपस्थितिको लागि निमन्त्रणा गरेको छ।