धादिङको धुनिबेशी वडा नम्बर ६ देबिस्थानमा अवस्थित कालिदेवी माईको मन्दिरमा चैते पुर्णिमा मेला सम्पन्न छ । हरेक चैत्र शूक्ल पुर्णिमाको दिन लाग्ने मेला यसवर्ष आज शनिबार लागेको धुनिवेशी ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यले बताउनु भयो।

धार्मिक सम्पदाको संरक्षण, आन्तरिक पर्यटनको प्रर्वद्धन भन्ने मुल नाराका साथ आयोजना गरिएको मेला आयोजक धुनिबेशी नगरपालिका ६ को वडा कार्यालय तथा कालिदेवीस्थान मेला व्यबस्थापन समिती रहेको छन् । मेलामा सहभागी हुनधुनिवेशी, थाक्रे, चितवन, काठमाण्डौं, नुवाकोट, मकवानपुर लगायतबाट भक्तजनहरु उपस्थिती रहेको वडा अध्यक्ष आचार्यको भनाइ छ ।
मेलामा सहभागी हुन बागमती प्रदेशका पृर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल,धुनिबेशी नगरपालिकाका उपप्रमुख सुरज उप्रेती, विभिन्न वडाका वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।