शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

केवलपुरे किसानको जन्म जयन्तीको अवसरमा अन्तरक्रिया तथा रचना वाचन

केवलपुरे किसानको जन्म जयन्तीको अवसरमा अन्तरक्रिया तथा रचना वाचन

शिवराज आचार्य

३०, चैत्र २०८१
  • 11.7K
    SHARES
  • केवलपुरे किसानको जन्म जयन्तीको अवसरमा अन्तरक्रिया तथा रचना वाचन

    धार्के,धादिङ। जनकवि केवलपुरे किसानको ९९ औं जन्म जयन्तीको अवसरमा अन्तरक्रिया तथा रचना वाचक कार्यक्रम सम्पन्न भएको छ।

    images
    images

    धादिङ थाक्रे गाउँपालिका वडा नं १० को ठुलो पोखरीस्थित केवलपुरे किसान पार्कमा रहेको उहाको सालिकमा माल्यारर्पण सहित अन्तरक्रिया तथा रचना वाचक गरि जन्म जयन्ती मनाइएको धादिङ सिर्जना प्रतिष्ठानकी अध्यक्ष सिर्जना अर्यालले जानकारी दिनु भयो।

    IMG_8027.jpg

    थाक्रे गाउँपालिका वडा नं १० र धादिङ सिर्जना प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा स्व.देवी प्रसाद पौडेल (केवलपुरे किसान)ले दिनुभएको योगदानबारे चर्चा गरिएको थियो। वि.स.२००६ सालमा जातभात र छुवाछुत बिरुद्व जनै फालेर हलो जोतेका कारण देश निकालासमेत भएका स्व. कवि पौडेलले आफ्नो साहित्यमार्फत अत्याचारको विरुद्ध र किसान, श्रमिक महिलाको पीडामा कलम चलाई समाज परिवर्तनमा ठूलो योगदान पुर्याउनु भएको थियो।

    IMG_8043.jpg

    धादिङ सिर्जना प्रतिष्ठानकी अध्यक्ष सिर्जना अर्यालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वरिष्ठ साहित्कार नरनाथ लुइँटेलको प्रमुख आतिथ्यता, थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, वडा नं १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछाने,साहित्यकार, कवि लगायतको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३०, २०८१ शनिवार - २०:१२:३९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology