रसुवा । ३० औं वन्यजन्तु सप्ताहको अवसरमा लाङटाङ मध्यवर्ती परिषद्का अध्यक्ष उत्तम बहादुर थापाको अध्यक्षता र वन तथा वातावरण मन्त्रालय राज्यमन्त्री रुपा विकको प्रमुख आतिथ्यतामा चौंथो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता बुधबारबाट शुरु भएको छ ।
खेलको मध्यमबाट युवावर्गमा प्रकृति संरक्षणमा टेवापुग्ने उद्देश्यले यस प्रतियोगिता गरिएको र प्रतियोगितामा १८ टिमको सहभागी रहेको छन् । खेलाडीहरूको खेल अवधिभर ५ लाखको बिमा गराइएको छ । राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले प्रकृति भित्र वन्यजन्तु मात्र नभएकोले प्रकृति भित्र मानव पनि पर्ने भएकोले संरक्षणमा सबैक्षेत्रको सहकार्यको अपेक्षा रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्रालय राज्यमन्त्री रुपा विकले निकुञ्ज भित्र होटेल थप तथा सुधार गर्ने सम्बन्धमा ध्यानार्कष्ण भएको र धुञ्चे गोसाईकुण्ड केबुलकारको विषयमा सरकारसंग छिटै छलफल गरि टुङग्याउने प्रयास गर्दिने आश्वासन दिलाउनु भयो ।
प्रतियोगितामा प्रथम हुनेलाई २ लाख ५० हजार , द्वितीयलाई १ लाख ५० हजार, तृतीयलाई १ लाख र सान्त्वना पुरस्कार ५० हजार पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र रहेको छ । खेल वैशाख ६ गतेसम्म सञ्चालन हुने छ । भलिबल लगायत पालिका भित्रका वडा स्तरीय साँस्कृतिक नृत्य प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम समेत हुने बताइएको छ ।
खेलको माध्यमबाट गोसाईंकुण्ड गाउँपालिकाभित्र रहेको कला, संस्कृति लगायत पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा सहयोग पुग्ने बताइएको छ । बृहत साँस्कृतिक कार्यक्रममा बैशाख ६ गते लोकप्रिय गायक राजेश राई र विश्व दोङको साथमा बेजोड सास्कृतिक कार्यक्रम प्रस्तुती रहने छ ।
यस कार्यक्रमको उद्घाटन कार्यक्रम लाङटाङ मध्यवर्ती परिषद्का अध्यक्ष उत्तम बहादुर थापाले गरे भने कार्यक्रमको समापनको अध्यक्षता गोसाईकुण्ड गाउँपालिकाका पालिका अध्यक्ष कैसाङनुर्पू तामाङको रहने छ । साथै समापन कार्यक्रममा नेपाल सरकारको प्रवक्ता तथा सुचना, सञ्चार तथा प्राविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता हुनेछ ।