शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीमा कक्षा ८ को नगरस्तरिय परिक्षामा सुधार, ७८ प्रतिशत उतिर्ण (विद्यालयको नतिजा सहित)

धुनिवेशीमा कक्षा ८ को नगरस्तरिय परिक्षामा सुधार, ७८ प्रतिशत उतिर्ण (विद्यालयको नतिजा सहित)

आशिष ठकुरी

५, बैशाख २०८२
  • 8.7K
    SHARES
  • धुनिवेशीमा कक्षा ८ को नगरस्तरिय परिक्षामा सुधार, ७८ प्रतिशत उतिर्ण (विद्यालयको नतिजा सहित)

    धादिङको धुनिवेशी नगरपालिका अन्तर्गतका विद्यालयमा लिईएको आधारभुत शिक्षा अर्थात कक्षा ८ को परिक्षामा ७८ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । विभिन्न २३ वटा सामुदायिक तथा सँस्थागत विद्यालयहरुबाट ५ सय ५६ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा ४ सय ३३ जना उतिर्ण र १ सय २३ जना अनुतिर्ण भएका हुन् ।

    images
    images

    २३ वटा सामुदायिक तथा सँस्थागत विद्यालय मध्ये जिवनपुर कुलचन्द्र आधारभुत विद्यालयले मात्र शतप्रतिशत नतिजा ल्याएको छ । परिक्षामा सहभागी १३ जना नै उतिर्ण भएका छन् । यस्तै कालीदेवी आधारभुत विद्यालय गौचरणका ३८ प्रतिशत विद्यार्थी मात्र उतिर्ण भएका छन् । उक्त विद्यालयबाट परिक्षामा १६ जना सहभागी भएकोमा ६ जना मात्र उतिर्ण भएका हुन् ।

    समग्रमा सँस्थागत विद्यालयको नतिजा भने राम्रो छ । शान्तिदिप बोर्डिङ स्कुलका ९८ प्रतिशत, धुनिवेशी आवासिय वोर्डिङ स्कुलका ९३ प्रतिशत डियरवाक धादिङ स्कुलका ८८ प्रतिशत र गुडस्टार्ट बोर्डिङ स्कुलका ८७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । 

    नगरपालिकाको शिक्षा शाखाका अनुसार विभिन्न विद्यालयका ३ जना विद्यार्थीले परिक्षामा सहभागी जनाएका छैनन् । शिक्षा शाखा प्रमुख कर्ण बहादुर भुवाजीले समग्रमा नगरस्तरिय परिक्षामा सुधार आएको बताउनुभएको छ । उहाँका अनुसार अझै केहि विद्यालयको नजिता राम्रो छैन ।

    गत वर्ष विभिन्न २४ वटा विद्यालय मध्ये ४ वटा विद्यालयको नतिजा शुन्य रहेको थियो । ४ सय ३९ विद्यार्थी परिक्षामा सहभागी भएकोमा १२३ जना मात्र उतिर्ण भएका थिए ।

    यस्तो छ, यसवर्षको आधारभुत तह अर्थात कक्षा ८ उतिर्ण परिक्षाको नतिजा विवरण : 

    natija final_Nagarikpati.PNG
    आधारभुत तह अर्थात कक्षा ८ उतिर्ण परिक्षाको नतिजा विवरण 

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ५, २०८२ शुक्रवार - १६:३०:१८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology