शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : परीक्षा बोर्ड

नागरिक पाटी

५, बैशाख २०८२
  • 3.6K
    SHARES
  • कक्षा १२ को परीक्षा स्थगित भएको छैन : परीक्षा बोर्ड

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले यही वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित नभएको जनाएको छ ।

    images
    images

    विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएकोप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिने जनाएको छ । अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्न बोडैले सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

    “परीक्षाजस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको ‘स्क्यान्ड’ हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्नेउपर साइबर कानुनअनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ,” जारी सूचनामा भनिएको छ, “बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ ।”

    सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न बोर्डले अभिभावक, शिक्षक एवं प्रधानाध्यापकहरूमा अपिल गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ५, २०८२ शुक्रवार - १७:२५:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology