शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, १ जना पत्रकार सहित ६० जना शिक्षक घाइते

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, १ जना पत्रकार सहित ६० जना शिक्षक घाइते

नागरिक पाटी

१४, बैशाख २०८२
  • 4.7K
    SHARES
  • आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, १ जना पत्रकार सहित ६० जना शिक्षक घाइते

    काठमाण्डौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । २६ दिनदेखि काठमाण्डौको माइतीघर–बबरमहल सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले आइतबार निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । हिजो शिक्षकहरूले जबरजस्ती गरेपछि झडप भएको हो ।

    images
    images

    शिक्षकहरूलाई रोक्न प्रहरीले पानीको फोहोरा पनि हानेको छ । प्रहरीमाथि शिक्षकहरूले ढुङ्गामुढासमेत गरेका छन् । प्रहरीको लाठी चार्जबाट केही शिक्षकहरू घाइते भएका छन् । प्रहरीले १५ जना शिक्षक घाइते भएका जनाएको छ । तर महासङ्घले भने झन्डै ६० जना शिक्षक घाइते भएका दाबी गरेको छ । एक जना पत्रकारको आँखामा गम्भीर चोट लागेको छ ।

    यसैबीच नेपाल शिक्षक महासङ्घले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ । झडपपछि शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाउनुभएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०८२ आइतवार - १९:१९:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology