शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ जिल्ला विकास कार्यशाला : अवधारणा-पत्र माथि सरोकारवालाबिच छलफल

धादिङ जिल्ला विकास कार्यशाला : अवधारणा-पत्र माथि सरोकारवालाबिच छलफल

आशिष ठकुरी

२१, बैशाख २०८२
  • 5.1K
    SHARES
  • धादिङ जिल्ला विकास कार्यशाला : अवधारणा-पत्र  माथि सरोकारवालाबिच छलफल

    धादिङ जिल्लाको विकास अवधारण पत्र माथि छलफल भएको छ । लोकतान्त्रिक पेशागत वुद्धिजिवी सञ्जाल धादिङको आयोजनामा ललितपुरको धोबिघाट स्थित एक होटलमा सरोकारवालाहरुबीच जिल्लाको विकास अवधारण पत्र माथि छलफल भएको हो ।

    images
    images

    अवधारणापत्र माथीको छलफल कार्यक्रममा धादिङको भौतिक पुर्वाधार तथा वस्ती विकास, स्वास्थ्य खानेपानी र सरसफाई, शिक्षा र आर्थिक विकासको क्षेत्रमा कार्यशालामा प्रस्तुत भएका कार्यपत्रबाट आएका बुँदाहरुमा छलफल गरिएको वुद्धिजिवी सञ्जालले जनाएको छ ।

    छलफलमा सहभागि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, पूर्वमन्त्री तथा सांसदहरु वुद्धिमान तामाङ, सँघिय साँसद तथा वागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, रास्वपाका उपसभापति डीपी अर्याल, संविधानसभाका सभासद गुरुप्रसाद वुर्लाकोटी, वागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ, सांसद बिना लामा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्पराज कंडेल, त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थाका डिन डा. ठाकुर सिलवाल, धादिङ जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्तवहादुर लामा, सामाजिक अभियानकर्ता वोधनारायण श्रेष्ठ तथा ध्रुवचन्द्र गौतमले जिल्ला विकासको अवधारणापत्रमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको छ ।

    15.jpg

    राष्ट्रिय गौरवको वुढिगण्डकी परियोजना तथा पर्यटकिय र आर्थिक विकासका दृष्टिले महत्वपुर्ण सडकहरु मलेखु–भण्डारा–ठोरी, भिमढुंगा–लामिडाँडा, धादिङवेसी–तिप्लिङ–सोमदाङ, पृथ्वी राजमार्गको समानान्तर राजमार्ग तथा मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गलाई धादिङ जिल्लाको दीर्घकालिन विकासको अवधारणामा समेट्नु पर्नेमा उहाँहरुको जोड थियो ।

    यसैगरी खनिज तथा बनपैदावरको उत्खनन, उत्पादन तथा उपयोगवाट पनि धादिङ जिल्लाले विकासको फड्को मार्न सक्नेमा सहभागी वक्ताहरुले चर्चा गरेका थिए । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईलाई विकासको आधारभुत तत्वको रुपमा चर्चा गर्दै उहाँहरुले कृषि, पर्यटन र प्रविधिको विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

    14.jpg

    छलफलमा उठेका विषयहरुलाई पूनः समेटेर धादिङ विकासको अवधारणा–पत्रमा साझा प्रतिवद्धता जनाउने पनि बक्ताहरुले बताउनुभएको छ । सञ्जालका अध्यक्ष डा. कृष्णमान शाक्यले यस्तो किसिमको छलफलले जिल्लाको विकासमा सघाउ पुग्ने बताउनुभयो ।

    जिल्ला विकासका साझा सवाल, साझा प्राथमिकता र साझा ऐक्यवद्धताका लागि गएको चैत ३० गते आयोजित कार्यशालामा भएको बृहत् छलफलको निचोडको रुपमा विकासको अवधारणा–पत्रमा सम्वन्धित पक्षको सहमती र ऐक्यवद्धताको लागि कार्यक्रम आयोजना गरिएको वुद्धिजिवी सञ्जालले जनाएको छ ।

    10.jpg

    सञ्जालका अध्यक्ष डा. कृष्णमान शाक्यको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष डा. प्रताप छत्कुलिले कार्यक्रमको सुरुमै अवधारणा–पत्रको सम्वन्धमा संक्षिप्त जानकारी गराउनुभएको थियो । सञ्जालका सचिव निरन्जन श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्लाको विकासको सन्र्दभमा सक्रिय सहभागिता रहेको थियो ।

    अन्य केहि तस्बिरहरु : 

    7.jpg

     

    13.jpg11.jpg9.jpg8.jpg5.jpg3.jpg

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - ११:४२:२१ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology