शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

साँसद राजेन्द्र पाण्डेद्धारा महादेववेशी–मोरिया–दामगाडे –डाँडाबास सडकको अनुगमन

साँसद राजेन्द्र पाण्डेद्धारा महादेववेशी–मोरिया–दामगाडे –डाँडाबास सडकको अनुगमन

शिवराज आचार्य

२४, बैशाख २०८२
  • 6.2K
    SHARES
  • साँसद राजेन्द्र पाण्डेद्धारा महादेववेशी–मोरिया–दामगाडे –डाँडाबास सडकको  अनुगमन

    आग्रा, मकवानपुर । धादिङको थाक्रे गाउँपालिकाको महादेववेशी र मकवानपुरको थाहा नगरपालिका जोड्ने पक्की सडक (कालोपत्रे) का लागि धमाधम काम भैरहेको छ ।

    images
    images

    धादिङको महादेववेशी हँदै मकवनपुरको मोरिया–दामगाडे–गैरीगाउँ–डाँडाबास जोडन पक्की सडकको प्रतिनिधिसभा सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अनुगमन गर्नु भएको छ ।

    495770417_1523587689042956_2058646174877990070_n.jpg

    अनुगमन गर्नु हुँदै प्रतिनिधिसभा सदस्य पाण्डेले आफु बागमती प्रदेशको मुख्यमन्त्री भएको बेला विनियोजन गरिएको बजेटबाट निर्माण कार्य हुँदै गरेको सडकको बुधबार स्थलगत अनुगमन गर्नु भएको छ ।

    बागमती प्रदेश सरकारले महादेववेशी–मोरिया–दामगाडे–गैरीगाउँ–डाँडाबास सडकलाई एकमुष्ट ९९ करोड ९८ लाख १५ हजार ७७७ विनियोजन गरेको थियो । धादिङ र मकवानपुर दुवैतिरबाट निर्माण कार्य जारी रहेको छ । बागमती प्रदेश सरकारको ५० प्रतिशत र संघिय सरकारको ५० प्रतिशत तागत सहभागितामा करिब २७ किलोमिटर सडक निर्माणको चरणमा रहेको छ । मकवानपुर तर्फ काष्ठमण्डप कन्स्ट्रक्शन र धादिङ तर्फ नाना कन्स्ट्रक्शनले निर्माण कार्य गरि रहेको छ । उक्त सडकको क्षेत्राधिकार दायाँबायाँ १५÷१५ मिटर रहेको छ ।

    496294966_1523587732376285_3352712307110561445_n.jpg

    धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ र ३,मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ र ८ का साथै कौलाश र रासिराङ गाउँपालिकाका नागरिकले सडकको उपभोग गर्ने छन। वर्षेनी वर्खाको बेला यातायात सेवाबाट विच्छेद हुनुपर्ने थाहानगरको आग्रा क्षेत्रका बासिन्दाका लागि उक्त सडक योजना बरदान सावित हुने थाहा ८ का वडा अध्यक्ष हेम थिङको भनाइ छ ।

    495170848_1523588185709573_6029626346608688002_n.jpg

    धादिङ र मकवानपुरका जनप्रतिनिधि, राजनितीक दलका प्रतिनिधि,स्थानियबासी सहितको टोलिद्वारा स्थलगत अनुगमन गरिएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २४, २०८२ बुधवार - १९:५९:०८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology