वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश अधिवेशन आह्वान गरेका छन् । वाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको १६औँ अधिवेशन आह्वान गरिएको हो ।
आगामी जेठ ५ गते सोमबार बिहान ११ बजेलाई अधिवेशन आह्वान गरिएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।