शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती सरकारको नीति कार्यक्रम जेठ १४ मा आउने

बागमती सरकारको नीति कार्यक्रम जेठ १४ मा आउने

नागरिक पाटी

९, जेठ २०८२
  • 2.6K
    SHARES
  • बागमती सरकारको नीति कार्यक्रम जेठ १४ मा आउने

    बागमती प्रदेश सरकारको नीति कार्यक्रम आगामी जेठ १४ गते आउने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पेश गर्न प्रदेशसभाको बैठक जेठ १४ गते १ बजेका लागि आह्वान गरिएको छ ।

    images
    images

    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८२र०८३ वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न सभामुख पाठकले प्रदेश प्रमुख देवकोटालाई औपचारिक पत्राचार समेत गरिसकेका छन् ।

    सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन रुलिङ गरेका छन् ।

    प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जानकारी दिए ।

    सरकारले निर्माण गरेका नीति तथा कार्यक्रम अनुसार नयाँ ढंगका कार्यक्रम ल्याउने तयारीमा उनले बताए । भद्दा र नारा मात्रै समेटिएको नीति कार्यक्रमको विकल्पमा प्रभावकारी र उपलब्धीमूलक क्षेत्रमा लगानी गर्नेगरी सरकारले तथ्य परक हुनेगरी तयारी गरेको उनले बताए । सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ ।

    यसअघि प्रदेशसभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि संसदको बुधबार र बिहीबार बसेको बैठकमा छलफल भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ९, २०८२ शुक्रवार - ११:५६:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology