शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आइसीसीसीको चाबहिल शाखामा मल्टिडेस्टिनेशन फेयर हुँदै

आइसीसीसीको चाबहिल शाखामा मल्टिडेस्टिनेशन फेयर हुँदै

नागरिक पाटी

१०, जेठ २०८२
  • 4.7K
    SHARES
  • आइसीसीसीको चाबहिल शाखामा मल्टिडेस्टिनेशन फेयर हुँदै

    इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) को चावहिलस्थित शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट - २०२५’ नामक शैक्षिक मेला हुने भएको छ । यही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी शैक्षिक मेला हुन लागेको हो । विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि यो मेला निकै लाभदायी हुने आईसीसीसीले जनाएको छ । यो मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव प्राप्त हुने आईसीसीसीका प्रवन्ध निर्देशक राम खड्काले बताएका छन् ।

    images
    images

    यो मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभई विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र करियर उद्देश्यहरूको आधारमा निर्णय लिन सल्लाह दिनेछ । मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्वतयारी कक्षामा आक्रषक छुट तथा विभिन्न खालका उपहारहरु पनि प्राप्त गर्ने आईसीसीसीले जनाएको छ ।

    यही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन हुने मेलामा आईसीसीसीबाट अध्ययनका लागि विभिन्न देश गएका बिद्यार्थीहरुसँग भर्चुअल अन्तरक्रियाको समेत आयोजना गरिएको छ । एक्स्ट्रा अडीनरी बिद्यार्थीहरुका लागि उक्त दिन उपस्थित मात्रै भएमा पेड इनटर्नका रुपमा काम गर्न सुनौलो अवसर दिइनेछ । यो ६ महिनाका लागि लागि लागू हुनेछ भने बिद्यार्थीले राम्रो काम गरेमा उनीहरुलाई जागिरकै रुपमा आईसीसीसीमा अवसर दिइनेछ । साथै उक्त दिन विभिन्न रोचक खेलहरु समेत खेलाईने आईसीसीसीका प्रवन्ध निर्देशक राम खड्काले जानकारी दिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १०, २०८२ शनिवार - २१:५७:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology