शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङको स्यादुलमा एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम सुरु

बेनीघाट रोराङको स्यादुलमा एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम सुरु

शिवराज आचार्य

११, जेठ २०८२
  • 5.5K
    SHARES
  • बेनीघाट रोराङको स्यादुलमा एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम सुरु

    धादिङ । शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम सम्बन्धि ३ दिने क्लस्टर तहको तालिम धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वार्ड न ६ को स्यादुलमा सुरु भएको छ ।

    images
    images

    आइतबार देखि सुरु भएको तालिम १३ गते मंगलबार सम्म सञ्चालन हुने छ। शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत ६ नम्बर वडामा रहेका ५ वटा विद्यालयका कक्षा १–३ मा अध्यापनरत १७ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

    तालिममा एकीकृत पाठ्यक्रमको सैद्धान्तिक जानकारी, शिक्षण विधिका ८ वटा चरणहरु, बालमैत्री शिक्षण शिकाइ, म गर्छु , हामी गर्छौ र तिमी गर भन्ने विधिका बारेमा सहजकर्ता योगेन्द्र चापागाईं जानकारी दिनु हुने छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष दल बहादुर मगरले उद्घाटन गर्नुु भएको तालिमको सहजीकरण सहजकर्ता योगेन्द्र चापागाईंले गर्नु भएको छ ।

    तालिम चाइल्डफन्ड जापानको आर्थिक तथा प्राविधिक सहयोगमा बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले सेफ परियोजना सञ्चालन गर्दै आएको छ । यस अघि वडा नम्बर ८ र १० मा तीन दिन तालिम सम्पन्न भएको सेफ परियोजनाका प्रबन्धक सन्तोष सत्यालले जानकारी दिनु भयो।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०८२ आइतवार - २१:१६:०७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology