शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो

रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो

नागरिक पाटी

१८, जेठ २०८२
  • 3.9K
    SHARES
  • रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो

    ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथ रथयात्राको अन्तिम दिन भोटो देखाइएको छ । मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।

    images
    images

    भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणि जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए । कार्यक्रममा राष्ट्रपति पौडेलसहितका उच्च पदस्थ व्यक्तिले टीका, प्रसाद ग्रहण गर्नुभयो ।

    मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पुजिन्छ । अब रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यस वर्षको रातो मत्स्येन्द्रनाथको रथयात्रा सकिनेछ ।

    भोटो जात्रालाई झन्डै ८०० वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । भोटो जात्राको अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - १९:४२:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology