शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

श्रमदान मार्फत मिनी सिटी र स्मार्ट सिटी जोड्न काठे पूल निर्माण

श्रमदान मार्फत मिनी सिटी र स्मार्ट सिटी जोड्न काठे पूल निर्माण

शिवराज आचार्य

३, आषाढ २०८२
  • 9.0K
    SHARES
  • श्रमदान मार्फत मिनी सिटी र स्मार्ट सिटी जोड्न काठे पूल निर्माण

    गल्छी । धादिङको नीलकण्ठ नगरपालिका–५ र गल्छी गाउँपालिका–१ को सिमानामा पर्ने कोसी खोलामा स्थानीयबासीको सक्रियतामा श्रमदानमार्फत काठेपुल निर्माण सम्पन्न गरिएको छ। बर्षेनी बाढीका कारण खोलो पार गर्न जोखिम मोलेर हिँड्न बाध्य रहेका बासिन्दाहरूले राज्यबाट बारम्बार माग गर्दा सुनुवाइ नभएपछि आफैँ जुटेर तीन दिनभित्र फड्के हाल्ने काम सफलतापूर्वक सम्पन्न गरेका हुन्।

    images
    images

    FB_IMG_1750087683403.jpg

    स्मार्ट सिटीको रूपमा प्रचारित नीलकण्ठ नगरपालिकाको विकट मानिने ज्यामिरे क्षेत्रका स्थानीय, बुद्धिजीवी, राजनीतिकदलका प्रतिनिधि, समाजसेवी र वडा अध्यक्ष सहितको सहभागितामा मार्फत श्रमदानमा फड्के हाल्ने कार्य सम्पन्न भएको छ। निर्माणमा सरस्वती सामुदायिक बन उपभोक्ता समिति (गल्छी–१) ले दुई थान काठ र कालिका सामुदायिक बन उपभोक्ता समिति (नीलकण्ठ–५) ले दुई थान काठ उपलब्ध गराएका थिए।

    FB_IMG_1750087721943-1536x1152.jpg

    खोलो तर्नको विकल्प नभएपछि स्थानियहरुको सल्लाहमा काठे पुल निर्माणको योजना बनाइएको स्थानिय टिकाराम खतिवडाले बताउनु भयो । ३ दिनको अवधिमा बिहान बेलुका गरी झण्डै १२० खेताला काम गरिएको उहाँको भनाइ छ ।

    स्थानीय दीपक प्रसाद खतिवडाका अनुसार “वर्षौंदेखि खोलो तर्न कठिनाइ भए पनि सरकारी तहबाट कुनै सुनुवाइ नभएपछि अन्ततः हामी आफैँ जुटेर पुल निर्माण गरेका छौँ। हाम्रो सामूहिक प्रयास नै हाम्रो शक्ति हो।” पक्की पुल आवश्यक पर्ने भन्दै पटक–पटक डिपिआरसमेत बनेको तर बजेट पार्न नसकेपछि स्थानियले काठे पुल निर्माणको बाटो समाएको बताउनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३, २०८२ मंगलवार - ०६:१३:१६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology