शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौं विश्वविद्यालय र सक्सेस एकेडेमी बीच शैक्षिक गुणस्तर सुधारका लागि सम्झौता


काठमाडौं विश्वविद्यालय र सक्सेस एकेडेमी बीच शैक्षिक गुणस्तर सुधारका लागि सम्झौता


शिवराज आचार्य

११, आषाढ २०८२
  • 3.6K
    SHARES
  • काठमाडौं विश्वविद्यालय र सक्सेस एकेडेमी बीच शैक्षिक गुणस्तर सुधारका लागि सम्झौता


    धादिङ । धादिङ जिल्लाको गल्छीमा अवस्थित अग्रणी शैक्षिक संस्था सक्सेस एकेडेमी ले आफ्नो छोटो तर गर्विलो इतिहासमा एक नयाँ शिखर चुम्दै काठमाडौं विश्वविद्यालय सँग शैक्षिक गुणस्तर सुधारको लागि ऐतिहासिक सहकार्य सम्झौता गरेको छ।

    images
    images

    सक्सेस एकेडेमी का संस्थापक अध्यक्ष शिव प्रसाद अधिकारी र KU School of Education (KUSOED) का म्यानेजर शिबनाथ मैनालीको रोहवरमा सक्सेस एकेडेमिका प्रिंसिपल जगत प्रसाद रिजाल र KUSOED का सहायक डिन डा. प्रकाश चन्द्र भट्टराई बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौताअनुसार अब काठमाडौं विश्वविद्यालयले सक्सेस एकेडेमीसँग मिलेर शिक्षक,विद्यार्थी र अभिभावकका समग्र पक्षमा गुणात्मक सुधार ल्याउन कार्यक्रम संचालन गर्नेछ। विद्यालयले प्रदान गर्ने अवार्ड र प्रमाणपत्र समेत अब KU सँगको सहकार्यमा प्रदान गरिने छ। यस समझौता र सहकार्यले सक्सेस एकेडेमीका विद्यार्थीहरूलाई अनुसन्धान तथा जीवनोपयोगी शिक्षासँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने सक्सेस एकेडेमिका प्रिंसिपल रिजाल जानकारी दिनुभयो।

    त्यसै गरी विद्यालयका अध्यक्ष शिव अधिकारीले यस सम्झौता सक्सेस एकेडेमीको शैक्षिक यात्रामा एउटा महत्वपूर्ण पक्ष सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भविष्यमा अन्य विषयहरूमा समेत विद्यालयलाई स्तरीकरण गर्दै अगाडि बढाउने योजना रहेको बताउनुभयो। यस समझौतासंगै सक्सेस एकेडेमीमा कार्यरत शिक्षकहरू KU School of Education (KUSOED) का स्कलर्स हुनेछन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ११, २०८२ बुधवार - २१:२५:४२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology