शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शेयर बजारमा २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजारमा २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

नागरिक पाटी

४, श्रावण २०८२
  • 3.8K
    SHARES
  • शेयर बजारमा २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

    पछिल्लो समय निरन्तर रूपमा बढेको नेप्से साताको पहिलो कारोबारका दिन सामान्य अङ्कले बढेर कारोबार बन्द भएको छ ।

    images
    images

    आइतबार नेप्से परिसूचक ०.३२ अङ्क बढेर २८७०.९५ विन्दुमा पुगेको छ ।

    आइतबार कारोबारमा आएका ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सामान्य अङ्कले कारोबार बढे पनि कारोबार भने उच्च अङ्कले बढेको छ । गत बिहीबार भने नेप्से साढे १६ अर्बको सेयर खरिदबिक्री भएको थियो ।

    नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमा अन्य उपसमूहको परिसूचक ३.३६ प्रतिशत, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ४, २०८२ आइतवार - १६:५३:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology