शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेश सरकारद्धारा समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न ताकेता

बागमती प्रदेश सरकारद्धारा समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न ताकेता

नागरिक पाटी

९, श्रावण २०८२
  • 3.9K
    SHARES
  • बागमती प्रदेश सरकारद्धारा समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न ताकेता

    बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा सहकारी संस्थाका ऋणीहरुलाई आउँदो भदौ मसान्तभित्र ऋण तिर्न ताकेता गरेको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सार्वजनिक सूचना निकालेर सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न भनेको हो ।

    images
    images

    सिभिल २०८० भदौ २१ गते, दर्शन २०८१ कात्तिक ११ गते तथा नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषणा भएका थिए ।

    सहकारीका ऋणीहरुले भदौ ३१ गतेभित्र पनि ऋण नबुझाएमा साँवा, ब्याज र हर्जानासमेत गणना गरी ऋण असुल गर्ने र ऋण असुलीसम्बन्धी आवश्यक कानूनी काबारहीको प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०८२ शुक्रवार - १०:२१:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology