शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा कांग्रेसका चार जना मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशमा कांग्रेसका चार जना मन्त्रीले दिए राजीनामा

नागरिक पाटी

९, श्रावण २०८२
  • 4.7K
    SHARES
  • बागमती प्रदेशमा कांग्रेसका चार जना मन्त्रीले दिए राजीनामा

    हेटौडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले सहज रूपमा राजीनामा नदिएपछि आज प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएका हुन् ।

    images
    images

    प्रदेशमा कांग्रेसका दुई जना नेताका बीचमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति भए पनि त्यसको कार्यान्वयनका लागि सहज रूपमा लामाले राजिनामा नदिएपछि चार जना मन्त्रीले राजीनामा बुझाएका हुन् ।

    आजै कांग्रेस संसदीय दलको नेताबाट लामालाई हटाउनका लागि अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराउने तयारी गरिएको कांग्रेसका एक जना सांसदले जानकारी दिए । बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाएर मुख्यमन्त्रीबाट पनि हटाउने तयारी भएको हो ।

    आज युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् । राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०८२ शुक्रवार - १६:१९:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology