धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धादिङले (मंगलबार) साउन १३ गते शोक विदाको घोषणा गरेको छ । प्याब्सन धादिङका संस्थापक सल्लाहकार एवम् गुड स्टार्ट बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल हर्कविर लामाको असामयिक निधन भएको दुखद घढीमा साउन १३ गते शोक विदा दिईने निर्णय भएको प्याब्सन धादिङले जनाएको छ ।
गत असार २२ गते देखि निमोनिया रोगका कारण अस्वस्थ भई नर्भिक अस्पतालमा उपचार गराईरहनुभएका लामाको उपचारकै क्रममा आईतबार (साउन ११) निधन भएको हो।
यो पनि : गुडस्टार्ट स्कुलका प्रिन्सिपल लामाको निधन, स्कुलमा भएको श्रद्धाञ्जली सभा बन्यो स्तब्ध