शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन

सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन

नागरिक पाटी

१३, भाद्र २०८२
  • 3.1K
    SHARES
  • सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन

    सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ । शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए ।

    images
    images

    वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए । संघर्ष समितिले भने आन्दोलन नरोकिने तर स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो ।

    वार्तामा आफूहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको प्रवक्ता यादवले बताए । कृषि मन्त्रालयको वार्षिक बजेटमा नै दुई अर्ब रुपैयाँ उखु किसानलाई अनुदान दिने भनेर छुट्टाउँदा अर्थ मन्त्रालयले बजेट रोकेको उनले आरोप लगाए ।

    प्रवक्ता यादवले शनिबार ११ बजे माइतीघरमा पत्रकार सम्मेलन गरी आन्दोलनको आगामी स्वरुपबारे जानकारी दिने उल्लेख गरे ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०८२ शुक्रवार - १९:१७:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology