शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा रहेको जनजागृती माध्यमिक विद्यालयले मनायो रजत जयन्ती

थाक्रेमा रहेको जनजागृती माध्यमिक विद्यालयले मनायो रजत जयन्ती

शिवराज आचार्य

१५, भाद्र २०८२
  • 5.4K
    SHARES
  • थाक्रेमा रहेको जनजागृती माध्यमिक विद्यालयले मनायो रजत जयन्ती

    धादिङको थाक्रे ६ महादेववेशीमा रहेको जनजागृती माध्यमिक विद्यालयले रजत जयन्ती मनाएको छ । विद्यालयको प्राङ्गणमा स्थापनाको २५ औं वर्ष पुगेको अवसरमा विद्यालयले रजत जयन्ती मनाएको हो। रजत जयन्तीका अवसरमा सामाजिक परिक्षण, विद्यार्थी तथा शिक्षक, पृर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयलाई जग्गा दान गर्नहुने जग्गा दाताहरुलाई समेत समान गरिएको विद्यालयका प्रधानाध्यापक लावण प्रसाद फुयलले बताए।

    images
    images

    janjagriti.jpeg

    उक्त रजत जयन्ती समारोहमा विद्यालयको अवस्था, प्रगति विवरण तथा आर्थिक विवरणबारे पनि जानकारी गराईएको छ । यस्तै कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको साथमा गायक/गायिकाहरुले मनोरन्जन दिनुका साथ विद्यार्थीहरुले नृत्य प्रस्तुती गरेका थिए।

    साथैमा कार्यक्रमका वीचमा उत्कृष्ट शिक्षक, उतिर्ण विद्यार्थी, विभिन्न विदामा जिल्ला तथा पालिका स्तरिय प्रतियोगितामा सफलता प्राप्त गर्ने विद्यार्थीहरुलाई नगर पुरस्कार सहित सम्मान गरिएको छ ।

    सिप, सर्टिफिकेट र रोजगार तर्फ हाम्रो ध्यान, प्रविधी मैत्री एवम् गुणस्तरिय शिक्षा जनजागृतीको पहिचान भन्ने नारा सहित सञ्चालनमा रहेको विद्यालयको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिरा बहादुर थापा (राजेन्द्र)को अध्यक्षता रहेको थियो भने बागमती प्रदेश सरकारका पृर्व मुख्यमन्त्री तथा प्रदेश सांसद शालिकराम जम्कटेलको प्रमुख आतित्थ्यता रहेको थियो ।

    विद्यालयका सहायक प्रधानाध्यापक रामचन्द्र रुपाखेतीले सञ्चालन गर्नुभएको कार्यक्रममा थाक्रेका गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा,प्रमुख प्रशासकिय अधिकृत बलराम लम्साल, शिक्षा शाखा अधिकृत दर्गा देवि खड्का, विद्यालयका सल्लाहकार तथा पुर्व अध्यक्ष गोकर्ण रुपाखेती, शिक्षा सँग सरोकार राख्ने विभिन्न सँघ सँस्था एवम् निकायका प्रमुख तथा प्रतिनिधी, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत शिक्षक, विद्यार्थी र अभिभावहरुको सहभागिता रहेको थियो ।

    यसै गरी विद्यालयको रजत जयन्तीका अब सञ्चालन गरिएको रक्तदान कार्यक्रममा १२ जना महिला र २७ जना पुरुष गरी ३९ जनाले रक्तदान गरेका छन्।

    कार्यक्रमका केही तस्बिरहरु :

    541772651_1620553742679683_2133555860346370082_n.jpg
    undefined

    540389861_1620553022679755_9134748795393981998_n.jpg

    540366624_1620552689346455_4821232480704031394_n.jpg

    540617832_1620552616013129_5605097764071955129_n.jpg

    540445827_1620553076013083_807396340627968555_n.jpg
    undefined

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०८२ आइतवार - १९:४३:५८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology