शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मच्छिन्द्र बहुमुखी क्याम्पसद्धारा विश्वविद्यालयीय शिक्षाको अवसर, सम्भावना र चुनौती विषयमा अन्तरक्रिया

मच्छिन्द्र बहुमुखी क्याम्पसद्धारा विश्वविद्यालयीय शिक्षाको अवसर, सम्भावना र चुनौती विषयमा अन्तरक्रिया

नागरिक पाटी

२३, भाद्र २०८२
  • 2.9K
    SHARES
  • मच्छिन्द्र बहुमुखी क्याम्पसद्धारा विश्वविद्यालयीय शिक्षाको अवसर, सम्भावना र चुनौती विषयमा अन्तरक्रिया

    धादिङको धुनिवेशी नगरपालिकामा विश्वविद्यालयीय शिक्षाको अवसर, सम्भावना र चुनौती विषयक अन्तरक्रिया गरिएको छ । कार्यक्रम मच्छिन्द्र बहुमुखी क्याम्पसको आयोजनामा भएको हो । कक्षा १२ सम्म सञ्चालनमा रहेका धुनिवेशी र थाक्रे गाउँपालिकाका फिडर विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु सँग गरिएको कार्यक्रममा फिडर विद्यालयबाट आएका विद्यार्थीहरूलाई कसरी अझ गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ र नयाँ कार्यक्रमहरू कसरी समावेश गर्न सकिन्छ भन्नेबारे छलफल भएको छ । छलफलबाट विभिन्न सुझावहरु प्राप्त भएको र उक्त सुझावहरुलाई मन गरेर अघि बढ्ने योजना रहेको क्याम्पस प्रमुख प्रमोद पाठकले बताउनुभयो ।

    images
    images

    अन्तरक्रिया कार्यक्रमले धुनिबेसी क्षेत्रलाई विश्वविद्यालय शिक्षाको हब कसरी बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गरिएको सहायक क्याम्पस प्रमुख शेखर कार्कीले बताउनुभयो ।

    यस्तै राजधानी काठमाडौंसँग सुरुङ मार्फत धुनिवेशी जोडिदैँ गरेको अवस्थामा भौगोलिक निकटताले पनि यस क्याम्पसको दायरा बढाउने अवसर सिर्जना गरेको सहभागीहरुले बताएका छन् ।

    हाल क्याम्पसमा सञ्चालित दुई संकायलाई मात्र सीमित नगरी नयाँ विषयहरू थप गर्नुपर्ने, विद्यार्थीहरूलाई सीप, आयआर्जन र प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्ने निष्कर्ष छलफलले निकालेको छ । यसो गर्न सकिएमा धुनिबेसीको यो क्याम्पसले अझ राम्रो प्रगति हासिल गर्न सक्ने सहभागीहरुको भनाई छ ।

    क्याम्पस व्यवस्थापन समितीका सदस्य सुवास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा धुनिवेशी र थाक्रे स्थित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०८२ सोमवार - ०५:३८:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology