शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धम्पुस लेकबाट गाइडसहित जर्मनी पर्यटक सम्पर्कविहीन

धम्पुस लेकबाट गाइडसहित जर्मनी पर्यटक सम्पर्कविहीन

नागरिक पाटी

१, कार्तिक २०८२
  • 3.8K
    SHARES
  • धम्पुस लेकबाट गाइडसहित जर्मनी पर्यटक सम्पर्कविहीन

    संसारको सातौँ अग्लो अर्थात् आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङको थासाङ गाउँपालिका(१, धम्पुस लेक आउने क्रममा नेपाली गाडडसहित एक जर्मनी पर्यटक सम्पर्कविहीन भएका छन् ।

    images
    images

    म्याग्दीको धौलागिरि पदमार्ग हुँदै धम्पुस लेकमा प्रवेश गरेपछि ३२ वर्षीय जर्मनी पर्यटक दामिनो डेल्फाप्लो र गाइड मिमा शुक्रबार राति साढे ९ बजेदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो ।

    सम्पर्कविहीन भएको स्थान आसपासमा हेलिकोप्टरबाट खोजीकार्य गर्दा नभेटिएको अवस्थामा प्रहरीले स्थलगत खोजीकार्यलाई अगाडि बढाउने जनाएको छ । पदयात्रामा रमाउने विदेशी पर्यटकका लागि धौलागिरि फन्को मार्ने म्याग्दी र मुस्ताङतर्फबाट उक्त पदमार्गको प्रयोग गर्ने गरिन्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०८२ शनिवार - १८:२५:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology